IMG_9828-150x150 बनभोज गर्दै एनआरएनए क्यानबेरा : बुवा आमाको मन भुलाउने मेसो ।

अन्तत लामो समयको प्रतिक्षा पछि एनआरएनए क्यानबेराले नेपालबाट क्यानबेरा क्षेत्रमा रहनुभएका अभिभावकहरुका लागी बनभोज कार्यक्रम गर्ने भएको छ । एनआरएनएको सिग्नेचर अभियान जस्तै रहेता पनि बिभिन्न कारणले बनभोज कार्यक्रममा ढिलाई भएको थियो । कार्यक्रम क्यानबेरामा सहित अष्ट्रेलियाका बिभिन्न राज्यमा हुने भएको छ ।

अष्ट्रेलियाको राजधानी क्यानबेराको Black Mountain Peninsula मा मे २५ मे २०२४ सनिबारका दिन हुन लागेको बनभोजमा क्यानबेरा तथा क्विनबियन क्षेत्रका अधिकांश बुवा आमाहरु आउने बिश्वास गरिएको कुरा आयोजक संस्था एनआरएनए क्यानबेराका सचिव बिशाल कणेंलले बताउनुभएको छ । बिशेषत अष्ट्रेलियाको भ्रमणमा रहनुभएका बुवा आमाहरुप्रति समर्पित बनभोज बिहान १० बजेबाट सॉंझ ५ बजेसम्म रहनेछ । कार्यक्रमलाइ बिभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन् ।

हाल सम्म ३०० जना आमा बुवाहरुको नाम दर्ता भइसकेको  र अझै आइरहेको नाम दर्ता हुने क्रम जारी रहेको कुरा आयोजक संस्था एनआरएनए एसिटिका संयोजक बिक्रम सुबेदिले बताउनुभएको छ । सुबेदिले नाम दर्ता गर्न छुट्नुभएका सबै बुवा आमाहरुलाइ नाम दर्ता गरिदिन सबैलाइ गर्न अनुरोध गर्नुभएको छ । यस बनभोजको मुख्य उद्देश्य भनेको बुवा आमाहरुबिच सम्वन्ध बिस्तार गर्ने रहेको छ र बनभोजमा बिभिन्न रमाइला कार्यक्रम पनि रहने हुदा बुवा आमाहरुको मानसिक र शारिरिक स्वास्थ्य समेत सकारात्मक प्रभाव पार्ने बताउदैं बुवा आमाहरुलाइ अष्ट्रेलियामा बसोबास गर्दा पर्ने समस्याका बारेमा जानकारी दिने उदेश्य पनि रहेको पनि संयोजक सुबेदिले मेरो कपुरी क लाइ जानकारी दिनुभएको हो ।

IMG_9828-150x150 बनभोज गर्दै एनआरएनए क्यानबेरा : बुवा आमाको मन भुलाउने मेसो ।

Total Page Visits: - Today Page Visits:
Shares