क्यानबेरा नेपलिज भलिवल क्लवको साधारण सभा सम्पन्न भएको छ । प्रत्येक बर्षमा हुने साधारण सभाले यस बर्ष नयॉं नेतृत्व चयन गरेको छ । क्लवले कार्य समितिमा बसेर काम गर्न इच्छुक ब्यक्तिहरुलाइ आफनो नाम दर्ता गर्न आह्वान गरेको थियो तत्पश्चात् इच्छुक ब्यक्तिहरुले नाम दर्ता गरे अनुसार सहमतिमै नयॉं कार्यसमिति चयन भएको हो ।
क्लवका महासचिव राजकुमार केसीद्वारा आगन्तुकहरुलाइ स्वागत गर्दै कार्यक्रम सुरु भएको थियो । त्यस्तै अध्यक्ष यूवराज खनियाले क्लवले २०१७ मा क्लव दर्ता बिदाको अवस्था र हाल क्लवमा भएको प्रगति देखिएको अवस्थाको चर्चा गर्नुभएको थियो । अध्यक्ष खनियाले सबै सहयोगी संघ संस्था र ब्यक्तिहरुलाइ क्लवलाइ यो अवस्था सम्म ल्याउन सहयोग गरेवापत धन्यवाद ब्यक्त गर्नुभएको थियो । साधारण सभामा बोल्दै अध्यक्ष खनियाले सक्सेस एजुकेशन, अजि फाइनान्स र एजे सोलुसनलाइ सहयोगका लागी धन्यवाद दिदै निरन्तरताको कामना गर्नुभएको थियो । उहॉंले सबैलाइ उपस्थितिको लागी हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
क्लवका सचिव राजकुमार केसीले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै क्लवले बिभिन्न समयमा खेलमा सहभागी भइ भुटनिज कपमा बिजयी हुन सफल, सक्सेस कप सम्पन्न गरेको र एसिटि भलिवल लिगमा डिभिजन तिनका प्रथम हुन सफल भएको । एनआरएनए कप सम्पन्न गरेको जानकारी दिनुभएको हो । एनआरएनए कप र तिहार कप टाइटल स्पोन्सरको नाममा गर्ने गरेको जानकारी दिनुभएको थियो ।
साधारण सभामा कोषाध्यक्ष जीवन थापाले आर्थिक बिवरण प्रस्तुत गर्दै क्लवले गत बर्ष गरेका खर्च र आम्दानीको पुरै बिवरण प्रस्तुत गर्नुभएको थियो जस अनुसार हाल क्लवमा $६७०० मौज्दात रहेको छ ।
त्यस्तै क्लवका मुख्य प्रायोजक सक्सेना एजुकेशनका डिरेक्टर आदर्शजंग पाण्डेले क्लवलाइ गरेको सहयोग निरन्तर रहने र अझै चाहिएको अवस्थामा आफु पछाडी नहट्ने जानकारी दिनुभएको छ र स्पाइसेस रुट रेष्टुरेन्टलाइ पनि भलिवलको स्पोन्सरको रुपमा समाबेस गर्न आग्रह गर्दै आफुले मनैबाट सहयोग गरेको र मनैबाट गर्ने योजना रहेको जानकारी दिनुभएको हो । त्यस्तै पूर्व कप्तान ज्ञानेन्द्र थापाबाट आफु कप्तान रहुन्जेल सहयोग गर्ने सबैलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो । कार्यक्रम मा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष बिक्रम सुबेदिले नवनिर्बाचित साथिहरुलाइ धन्यवाद दिदै भलिवलको तर्फवाट एसिटिलाइ चिनाउने क्लवका सबैलाइ धन्यवाद ब्यक्त गर्दै सदैव सहयोग गरिने कुरा ब्यक्त गर्नुभएको थियो ।
![[Tags] IMG_9828-150x150 सिएनभिसिमा नयॉं अध्यक्ष चयन, कार्यकाल २ बर्षको रहने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/06/IMG_3272.jpeg?resize=640%2C480&ssl=1)
पूर्व एनआरएनए उपाध्यक्ष चुडामणी सापकोटाले सबैलाइ शुभकामना दिनुभएको थियो । त्यस्तै आशिष सापकोटाले सबैलाइ शुभकामना दिदै योजना बनाएर काम गर्नुहोस । साथ र सहयोग सदैव हुने बचन दिनुभएको थियो । त्यस्तै कुश पन्तले राम्रो काम गरेकोमा बधाइ दिदै खेलले सम्वन्धमा ऑंच नआओस भन्दै राम्रो गर्न सुझाव दिनुभएको थियो । एजे सोलुसनबाट अर्जुर केसीले बोल्नुभएको थियो । निर्वाचन अधिकृतका रुपमा मिसन थापाले पुरानो समिति सकिएको जानकारी र नयॉं समितिको नाम घोषणा गर्नुभएको थियो । जसअनुसार :
अध्यक्ष : राजकुमार केसी
उपाध्यक्ष: जीवन बखुन्चे
सचिव : अनिश ढकाल
कोषाध्यक्ष : जीवन थापा
पब्लिक अफिसर : बेल बहादुर राना
क्याप्टेन : नबिन अधिकारी
र
सदस्यहरु – ज्ञानेन्द्र थापा, ज्ञानु डॉंगी, पौडेल, अर्जुन केसी, करण पौडेल रहनुभएको छ ।
![[Tags] IMG_9828-150x150 सिएनभिसिमा नयॉं अध्यक्ष चयन, कार्यकाल २ बर्षको रहने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/06/IMG_3292.jpeg?resize=640%2C480&ssl=1)
नव निर्वाचित सचिव अनिश ढकालद्वारा आफुलाइ सचिव जस्तो महत्वपूर्ण पदमा चयन गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्दै क्लवको पाइला पछाउने छु भन्दै सदैव सहयोग गर्न आग्रह गर्नुभएको थियो । साधारण सभाको समापन अन्न निर्वाचित अध्यक्ष राजकुमार केसीले पूर्व अध्यक्ष यूवराज खनियाको मॉंया सद्भाव क़ायम रहनेछ बताउदै सबैलाइ सक्रिय रुपमा सहयोग गर्न आग्रह गर्नुभएको थियो र पुराना कार्यक्रम सदैव निरन्तर रहनेछ कुरा ब्यक्त गर्नुभएको थियो ।
![[Tags] IMG_9828-150x150 सिएनभिसिमा नयॉं अध्यक्ष चयन, कार्यकाल २ बर्षको रहने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/06/IMG_3297.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] IMG_9828-150x150 सिएनभिसिमा नयॉं अध्यक्ष चयन, कार्यकाल २ बर्षको रहने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/03/IMG_9828.jpeg?resize=150%2C150&ssl=1)
![[Tags] IMG_9828-150x150 सिएनभिसिमा नयॉं अध्यक्ष चयन, कार्यकाल २ बर्षको रहने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/04/IMG_2349.jpeg?resize=150%2C150&ssl=1)
![[Tags] IMG_9828-150x150 सिएनभिसिमा नयॉं अध्यक्ष चयन, कार्यकाल २ बर्षको रहने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_9828-150x150 सिएनभिसिमा नयॉं अध्यक्ष चयन, कार्यकाल २ बर्षको रहने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_8998.jpeg?resize=300%2C174&ssl=1)