सुमन सन्जेल :- पर्थ, अष्ट्रेलिया ।
अष्ट्रेलियामा हुर्किँदै गएको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेष भूषाका बारेमा जानकारी गराउनकासाथै नेपालको पर्यटन क्षेत्रमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ अस्ट्रेलियाको पश्चिमी शहर पर्थमा यही शनिबार सेप्टेम्बर १४ तारिखमा हुने नेपाल फेस्टिभलको तयारी तीव्र बनाइएको छ ।फेस्टिभल सफल बनाउन स्थानीय सङ्घ संस्था क्लब तथा नेपाली व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको छ ।
आफ्नै सहरमा फेस्टिभल आयोजना हुने भएपछि फेस्टिभललाई स्थानीय व्यायवासीयहरुले सहयोग गर्ने क्रमजारी छ ।त्यसै गरी फेस्टिभलको Title Sponsor मा Aussie Finance and Home Loans रहेको छ भने Powered By मा Cikka Desi Global App रहेको छ !
Platinum Sponsors
– Istudy Global Consultants
– Grace International Perth education & Migration
– Illoura College-Cannington
Gold Sponsors
– New Choice Homes (Sam Masih)
– Expert Education and Visa Services
– Little Magic Momo
– Himalayan Nepalese Restaurant and Café
– Namaste Kitchen Restaurant
– Manglesi Early Learning
– Fusion 6 Indian Restaurant
– Chulo Nepalese Restaurant
– Everest Global Education Australia
– Momo Planet Nepalese Restaurent
फेस्टिभलमा स्थानीय सरकाका उच्च पदाधिकारीहरु पनिआउने भएका छन् भने फेस्टिभललाइ सिटी अफ पर्थ र राज्यको बहसास्कृतिक मन्त्रालयले पनि आर्थिक सहयोग गर्नेभएको छ यसका साथै फेस्टिभललाइ सफल बनाउन विभिन्न सहयगोगीहरु पनि रहेको NRNA-WA Treasurer हरिबशसन्जेल (सुमन) ले जानकारी दिनुभयो ।
पर्थको नेपाल फेस्टिभलमा तपाँइहरुले नमुना सगरमाथा,ढुङेधारा, बुद्धको मुर्ती देखि नमूना धरहरा समेत देख्न पाउनुहुने छ। यसपली हामीले Kids Fun Activites लाई पनिबिशेस प्राथामिकतामा राखेकछौ ! यो फेस्टिभल हामीनेपालीहरूका लागि त गर्वको विषय हुने नै भयो तरअस्ट्रेलियनहरूलाई पनि नेपालको बारेमा चिनाउन हामीलेविगतको भन्दा केही फरक ढंगले मनाउने कोसिस गरेका छौँ ।हाम्रो फेस्टिभलमा बहुसास्कृतिक समुदायका केही सांस्कृतिकझलकहरू पनि देख्न पाउनु हुनेछ” गैर आवासीय नेपाली सङ्घवेस्टर्न अस्ट्रेलियाका संयोजक शेखर घिमिरेले बताउनु भयो ।
एनआरएन डब्लु ए ले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालफेस्टिभल चौथो सन्सकरण को तयारीस्वरूप प्रचार प्रसारमा तिब्रता दिइएको छ ! हामीले एक महिनाका लागि यहाँ गुड्नेबसको पछाडि र यहाँको लोकप्रिय पत्रिकामा नेपालको झल्कोदिने किसिमले करिब १० दिन अघिदेखि नेपाल महोत्सवकोविज्ञापन गर्ने मेसो मिलायका छौ, यतिमात्र नभइ यहाँको एफएम रेडियोमा दुई साता आघिदेखी विज्ञापन बजाउने, केहीव्यक्तिगत सवारीसाधनमा समेत नेपाल फेस्टिभलबारेका सूचना टास्ने र सहरका मुख्य भागमा राखिएका ठूला स्क्रिनमा समेतनेपाल फेस्टिभल बारेका सामग्री प्रसारण तयारी गरेका छौ !फेस्टिभल Supreme Court Garden (Barrack Street) बाट११ बजे कलश यात्रा गरी शुरु हुने छ भने फेस्टिभलमा १० देखी१२ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ रबेलुका ९ बजे Fire Works गरेर फेस्टिभल समापन गरिने छ!
![[Tags] IMG_9828-300x300 पर्थमा हुने नेपाल फेस्टिवलको तयारी तीब्र ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/08/IMG_4421.jpeg?resize=640%2C457&ssl=1)
![[Tags] IMG_9828-300x300 पर्थमा हुने नेपाल फेस्टिवलको तयारी तीब्र ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/08/IMG_9828.jpeg?resize=300%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 पर्थमा हुने नेपाल फेस्टिवलको तयारी तीब्र ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)