IMG_9828-300x300 नाचेरै थर्काए नेपालीले साउदर्न क्रसको हल ।

झण्डै १००० दर्शकहरुले क्यानबेराको साउदर्न क्रस क्लवको हलमा नाचेरै थर्काए । नेपालको पुरानो तथा चर्चित ब्याण्ड 1974AD ले यहि १९ सेप्टेम्बरका दिन साउदर्न क्रस क्लवको हलमा ३० औं जन्मोत्सवको अवसरमा कार्यक्रम सम्पन्न भएको हो ।

IMG_9828-300x300 नाचेरै थर्काए नेपालीले साउदर्न क्रसको हल ।

1974AD ले आफना चर्चित गीतहरु परेलीमा, संबोधन, हिड्दा हिड्दै, छुदै तिम्रो मॉंयाले, जति माया लाए पनि, पहिलो जुनीमा र यो मन त मेरो नेपाली हो जस्ता गीतहरु गॉंउदा दर्शकहरु नाचेर एकदमै साथ दिएका थिए । जतिजति दर्शकहरु नाचेन ब्यस्त देखिन्थे गॉंउनेहरुको हौसला झन बढ्दै जान्थ्यो । जतिमाया लाए पनि गॉंउदा दर्शकहरु स्व गायक अरुण थापा संझिएर सबैले सम्मान ब्यक्त गरेका थिए । जे होस क्यानबेरामा यति धेरै दर्शकहरु हलमा भेटिएको यो पहिलो हो भन्दा अत्युक्ति नहोला । दर्शकहरु गीत संगीतबाट मनोरन्जन लिए संगै नॉंचेर हलै थर्काएका थिए ।

IMG_9828-300x300 नाचेरै थर्काए नेपालीले साउदर्न क्रसको हल ।

TRN Events को आयोजनामा सम्पन्न भएको य कार्यक्रमको मुख्य प्रायोजक सक्सेस एजुकेशन एण्ड भिजा सर्भिस र स्पाइस रुट रेष्टुरेन्ट रहेका थिए ।  कार्यक्रम १९ सेप्टेम्बर २०२४ बिहिबारका  साउथर्न क्रस क्लव उडनमा सॉंझ ८ बजेबाट सुरु भएको थियो । जे होस नेपालको प्रतिष्ठित ब्याण्डलाइ क्यानबेराका दर्शकले पनि मज्जैले साथ दिए । कार्यक्रमको टिकट सबै बिक्रि भएको र यसले गर्दा अन्य कार्यक्रम गर्न पनि थप उत्साह मिलेको कुरा आयोजक प्रदिप पाठकले बताउनुभयो । पाठकले कार्यक्रम भब्य बनाइदिन सहयोग गर्ने सबै ब्यक्तिगरु र प्रायोजन गरेर साथ दिने सबै संघ संस्थाहरु प्रति हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ ।

IMG_9828-300x300 नाचेरै थर्काए नेपालीले साउदर्न क्रसको हल । IMG_9828-300x300 नाचेरै थर्काए नेपालीले साउदर्न क्रसको हल । IMG_9828-300x300 नाचेरै थर्काए नेपालीले साउदर्न क्रसको हल । IMG_9828-300x300 नाचेरै थर्काए नेपालीले साउदर्न क्रसको हल । IMG_9828-300x300 नाचेरै थर्काए नेपालीले साउदर्न क्रसको हल । IMG_9828-300x300 नाचेरै थर्काए नेपालीले साउदर्न क्रसको हल ।

Total Page Visits: - Today Page Visits:
Shares