IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।

गजल मुशायराको १० औं बर्ष बिशेष कार्यक्रम अष्ट्रेलियाको शहर सिड्नीमा सम्पन्न भएको छ । सिड्निको आठौं र बिशेष १० बर्ष संस्करणमा अष्ट्रेलिया भरका गजलकारले गजल वाचन गर्दै सकिएको छ । सुरुवाति देखिनै वाहबाहि पाएको गजल मुशायरामा नयॉं तथा पुराना गजलकार गरेर २० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा बिपना पौडेलको नृत्य रहेको थियो भने गायकहरु सुवास लामिछाने, संजिव उप्रेती र महेश प्रसॉंइले गीत गाएर छमछमी दर्शक नचाउनु भएको थियो ।

IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।

गजल मुशायराको यो श्रृंखला दशौं वर्ष विशेष श्रृंखला रहेको थियो । जसमा अस्ट्रेलियामा रहेका २० जना गजलकारहरुले २/२ वटा गजल वाचन गर्नुभएको थियो  ।गजल मुशायरा २०२४ मा सहभागी हुने गजलकारहरुमा  सिड्नीबाट निष्प्रभ सजी, सजल नयन, जितेन्द्र मल्ल, ऒमकार अधिकारी, महेश्वर शर्मा, छत्र बहादुर धामी र राहुल अर्याल, न्युक्यासलबाट ईश्वर पौडेल, ट्यामवर्थबाट बिष्णु प्रसाद अधिकारी, क्यानबेराबाट  विनायक अधिकारी, तुल्सा पाण्डे र दुर्गा ढकाल, ब्रिसबेनबाट केशव शर्मा र कृष्ण समर्पण, तास्मानियाबाट अशोक शर्मा, मेलवर्नबाट लक्ष्मण सञ्ज्याल, रमेश अधिकारी र अशोक दवाडी र नेपालबाट मानस राज र आचार्य प्रभा रहनु भएको थियो।

IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।

संस्थाका संस्थापक सदस्य सुरेन्द्र दवाडीले गजल मुशायरा कार्यक्रममा सबैलाइ स्वागत गर्दै संस्थाले १० बर्षमा गरेका बिभिन्न कार्यक्रमहरु सहित स्थापना देखि अहिलेको अवस्था सम्मको बारेमा चर्चा गर्नुभएको थियो । दवाडीलाइ कार्यक्रम संचालनमा गजलकार इश्वर पौडेलले सहयोग गर्नुभएको थियो । कार्यक्रममा नेपाली र अष्ट्रेलियाको राष्ट्रिय गान बजाएर सुरु भए पश्चात सम्पूर्ण गजलकारहरुलाइ खादा ओढाएर स्वागत गरिएको थियो । कार्यक्रममा १० बर्षमा बाचन गरिएका गजलकारहरुको एक एक गजल सहितको पुस्तक गजल मुशायराका १० बर्ष संग्रहको लोकार्पण गरिएको थियो ।  कार्यक्रममा बिशेष अतिथिका रुपमा एनएसडब्लुका कन्सुलेट सन्जिव शर्मा, संयोजक जितेन्द्र मल्ल, केशव शर्मा, अशोक शर्मा लगाएतले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो । गजलकार र सहयोगी संस्थाहरुलाइ प्रमाणपत्र प्रदान गरेर कार्यक्रम अन्त्य भएको थियो । उपस्थिति सबैलाइ चिया खाजाको प्रवन्ध गरिएको थियो । कार्यक्रममा एनआरएनए अष्ट्रेलिया सहगोयी संस्थाको रुपमा रहेको थियो । कार्यक्रम सफल बनाउने सबै संघ संस्था र ब्यक्तिहरुलाइ संयोजकका तर्फबाट जितेन्द्र मल्लले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।

IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।

IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।

 

मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम हो ।  गजल मुशायराको मुख्य आकर्षक पक्ष भनेको भाषण नहुनु हो, अनावस्यक नबोल्नु हो । चट्ट स्टेजमा आउने आफना गजल भन्ने र फर्कने । सबै अतिथी सबै श्रोता सबैलाइ समान सम्मान । त्यसैले त गजल मुशायरा परिवारलाई संसारभरि छरिएर रहेका नेपाली गजल सर्जकहरूले अगाध स्नेह देखाएका छन् । कार्यक्रम सेप्टेम्वर २२ तारिख  आइतबारका  दिन अपरान्ह २ः०० बजेदेखि सिड्निको सिभिक थिएटर हर्टसभिलमा सम्पन्न भएको हो । कार्यक्रममा ३०० जना भन्दा बढिको उपस्थिति रहेको थियो । कार्यक्रमलाइ गजल मुशायरा परिबारले आयोजना गरेको हो भने Dhursan Construction र Lily White Real Estate ले मुख्य प्रायोजन गरेका हुन ।

IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।

Total Page Visits: - Today Page Visits:
Shares