गजल मुशायराको १० औं बर्ष बिशेष कार्यक्रम अष्ट्रेलियाको शहर सिड्नीमा सम्पन्न भएको छ । सिड्निको आठौं र बिशेष १० बर्ष संस्करणमा अष्ट्रेलिया भरका गजलकारले गजल वाचन गर्दै सकिएको छ । सुरुवाति देखिनै वाहबाहि पाएको गजल मुशायरामा नयॉं तथा पुराना गजलकार गरेर २० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा बिपना पौडेलको नृत्य रहेको थियो भने गायकहरु सुवास लामिछाने, संजिव उप्रेती र महेश प्रसॉंइले गीत गाएर छमछमी दर्शक नचाउनु भएको थियो ।
गजल मुशायराको यो श्रृंखला दशौं वर्ष विशेष श्रृंखला रहेको थियो । जसमा अस्ट्रेलियामा रहेका २० जना गजलकारहरुले २/२ वटा गजल वाचन गर्नुभएको थियो ।गजल मुशायरा २०२४ मा सहभागी हुने गजलकारहरुमा सिड्नीबाट निष्प्रभ सजी, सजल नयन, जितेन्द्र मल्ल, ऒमकार अधिकारी, महेश्वर शर्मा, छत्र बहादुर धामी र राहुल अर्याल, न्युक्यासलबाट ईश्वर पौडेल, ट्यामवर्थबाट बिष्णु प्रसाद अधिकारी, क्यानबेराबाट विनायक अधिकारी, तुल्सा पाण्डे र दुर्गा ढकाल, ब्रिसबेनबाट केशव शर्मा र कृष्ण समर्पण, तास्मानियाबाट अशोक शर्मा, मेलवर्नबाट लक्ष्मण सञ्ज्याल, रमेश अधिकारी र अशोक दवाडी र नेपालबाट मानस राज र आचार्य प्रभा रहनु भएको थियो।
संस्थाका संस्थापक सदस्य सुरेन्द्र दवाडीले गजल मुशायरा कार्यक्रममा सबैलाइ स्वागत गर्दै संस्थाले १० बर्षमा गरेका बिभिन्न कार्यक्रमहरु सहित स्थापना देखि अहिलेको अवस्था सम्मको बारेमा चर्चा गर्नुभएको थियो । दवाडीलाइ कार्यक्रम संचालनमा गजलकार इश्वर पौडेलले सहयोग गर्नुभएको थियो । कार्यक्रममा नेपाली र अष्ट्रेलियाको राष्ट्रिय गान बजाएर सुरु भए पश्चात सम्पूर्ण गजलकारहरुलाइ खादा ओढाएर स्वागत गरिएको थियो । कार्यक्रममा १० बर्षमा बाचन गरिएका गजलकारहरुको एक एक गजल सहितको पुस्तक गजल मुशायराका १० बर्ष संग्रहको लोकार्पण गरिएको थियो । कार्यक्रममा बिशेष अतिथिका रुपमा एनएसडब्लुका कन्सुलेट सन्जिव शर्मा, संयोजक जितेन्द्र मल्ल, केशव शर्मा, अशोक शर्मा लगाएतले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो । गजलकार र सहयोगी संस्थाहरुलाइ प्रमाणपत्र प्रदान गरेर कार्यक्रम अन्त्य भएको थियो । उपस्थिति सबैलाइ चिया खाजाको प्रवन्ध गरिएको थियो । कार्यक्रममा एनआरएनए अष्ट्रेलिया सहगोयी संस्थाको रुपमा रहेको थियो । कार्यक्रम सफल बनाउने सबै संघ संस्था र ब्यक्तिहरुलाइ संयोजकका तर्फबाट जितेन्द्र मल्लले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5432.jpeg?resize=640%2C391&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5437.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5541.jpeg?resize=640%2C544&ssl=1)
मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम हो । गजल मुशायराको मुख्य आकर्षक पक्ष भनेको भाषण नहुनु हो, अनावस्यक नबोल्नु हो । चट्ट स्टेजमा आउने आफना गजल भन्ने र फर्कने । सबै अतिथी सबै श्रोता सबैलाइ समान सम्मान । त्यसैले त गजल मुशायरा परिवारलाई संसारभरि छरिएर रहेका नेपाली गजल सर्जकहरूले अगाध स्नेह देखाएका छन् । कार्यक्रम सेप्टेम्वर २२ तारिख आइतबारका दिन अपरान्ह २ः०० बजेदेखि सिड्निको सिभिक थिएटर हर्टसभिलमा सम्पन्न भएको हो । कार्यक्रममा ३०० जना भन्दा बढिको उपस्थिति रहेको थियो । कार्यक्रमलाइ गजल मुशायरा परिबारले आयोजना गरेको हो भने Dhursan Construction र Lily White Real Estate ले मुख्य प्रायोजन गरेका हुन ।
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5429.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5432.jpeg?resize=640%2C391&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5445.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5447-1.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5450.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5453.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5455.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5465.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5540.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/08/IMG_9828.jpeg?resize=300%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_4706-1.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5187.jpeg?resize=300%2C188&ssl=1)