अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटि (एएनएफएस) ले दशैं सॉंझ सम्पन्न गरेको छ । क्यानबेरामा नेपालीहरुकै पुरानो संस्था आफना बार्षिक कार्यक्रमहरुका साथ महत्वपूर्ण पर्वहरुमा सॉंस्कृतिक लिएर सदैव आउने गर्छ । यसबर्ष पनि गत हप्ता एएनएफएसले अल्वर्ट हलमा दशैं कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानबाट सुरुबात भएको कार्यक्रमलाइ संस्थाका अध्यक्ष निरज गौलिले सबै उपस्थितहरुलाइ स्वागत गर्नुभएको थियो । कार्यक्रममा लिवरल पार्टि क्यानबेराकि नेतृ एलिजावेथ लि, डा कृष्ण नादिमपाल्लीको पनि उपस्थिति रहेको थियो । बिशेषत स्थानिय कलाकारहरुको भर्य उपस्थिति रहेको कार्यक्रममा पाठशालाका बावु नानीहरुको पनि नृत्य तथा गायन रहेको थियो ।
संस्थाले आफना सदस्यहरुका लागी $१० र सदस्य नहुनेहरुका लागी $२० प्रवेश शुल्क राखेको थियो भने सबैलाइ दशैंको शुभकामना सहित सॉंझको खाना खुवाएको थियो । कार्यक्रममा क्यानबेराका संघ संस्थाका प्रतिनिधिहरु र ब्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका जन सम्पर्क अधिकृत प्रदिप तिमल्सिनाले गर्नुभएको थियो ।
![[Tags] cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/10/IMG_5557.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/08/cropped-IMG_9828.jpeg?resize=300%2C297&ssl=1)
![[Tags] cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_4706-1.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5187.jpeg?resize=300%2C188&ssl=1)