cropped-IMG_9828-300x297 क्यानबेरामा तिहार सॉंझ ।

क्यानबेरामा नेपाली चाडपर्वको झल्को मेटाउने उद्धेश्यले सांगीतिक कार्यक्रम हुने भएको छ । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको “हाम्रो चाडपर्व नेपालमै बसेर मनाउन नसके पनि, यही गीतसंगीतसँग झुम्दै आफ्नो प्यारो देशको महशुस गर्ने” रहेको कुरा आयोजक बिक्रम शर्माले “मेरो कपुरी क” संगको कुराकानिमा बताउनुभएको छ । तिहार जस्तो महत्वपूर्ण चाडको अवसरमा विदेशमा रहेर पनि आफ्नो संस्कृतिको झल्को पाउने नेपाली समुदायका लागि यस कार्यक्रमले थप रौनक ल्याउने अपेक्षा गरिएको छ।

cropped-IMG_9828-300x297 क्यानबेरामा तिहार सॉंझ ।

“थाप न थाप हातैमा मॉंयाको चिनो मॉंयालु, जाला उडेंर मेरो जाले रुमाल” यो प्रेमील गीतले नेपाली सॉंगीतिक आकासमा एउटा समयमा यसरि क़ब्ज़ा जमाएको थियो कि सबैका मुखमा यहि गित झुण्डिएको थियो । प्रिय गायक हेमन्त शर्माको सुमधुर स्वरमा सजिएको यो गीत सहित अन्य थुप्रै गीतहरु चर्चित छन् । मॉंया त यस्तो होस, ऑंउदै गर मालती, हॉंस्दै गर, बरिखा, निरजाले जस्ता चर्चित गीतका गायक शर्माले क्यानबेरामा आफनो सॉंगीतिक प्रस्तुति दिनुहुने भएको छ ।

cropped-IMG_9828-300x297 क्यानबेरामा तिहार सॉंझ ।

एभरेष्ट एजुकेशन एण्ड भीजा सर्भिसेजको प्रस्तुतिमा हुन लागेको कार्यक्रमको पावरवाइ मा होम लोन स्क्वाएर रहेको छ । गोल्ड स्पोन्सरको रुपमा गोल्डन मोमेन्ट्स रहेको छ । कार्यक्रम यहि ऑंउदो १९ अक्टुवर २०२४ सनिबारका दिन सॉंझ ५ बजेबाट हुने भएको हो । कार्यक्रम गोल्डन मोमेन्ट्स इभेन्ट्स सेन्टरमा हुने भएको हो । कार्यक्रमका लागी सम्पर्क BIKRAM 0414 133 296 | SAMJHANA 0430309427 | ROSHAN 0432 595 026 गर्न सक्नुहुनेछ ।

Program details

Date : 19th October 2024

Venue : Golden moment event Centre 63 Wollongong st Fishwick ACT

Time : 5 pm onwards

cropped-IMG_9828-300x297 क्यानबेरामा तिहार सॉंझ ।

Total Page Visits: - Today Page Visits:
Shares