बिनायक अधिकारी; क्यानबेरा:- क्यानबेरामा सम्पन्न सिएनसीसी र एचवासीसी बिचको मैत्रीपूर्ण क्रिकेट खेलमा क्यानबेरा नेपलिज क्रिकेट क्लवले जित हासिल गरेको छ । टि ट्वान्टिको आधारमा खेल हुनेछ क्यानबेराका टिमका कप्तान आशीष देवकोटाले भने । हामी सबै कुराले तयारि अवस्थामा छौं र आशा छ नतिजा हाम्रै हातमा हुनेछ देवकोटाले थपे ।
टस जितेर ब्याटिंग रोजेको क्यानबेराले २० ओभरको समाप्तिमा १५९ रन जोड्न सफल भएको थीयो । जसमा कप्तान आशीष देवकोटाले सबैभन्दा बढि ५५ रन जोड्न सफल भएका थीए । त्यस्तै एचवाइसीसी का तर्फवाट सात विकेटको क्षतिमा १४७ रन जोडीएको थीयो भने सबैभन्दा बढि २७ रन बिशाल जंग थापाले जोडेका थीए । प्रतियोगितामा ३० रन जोडेर २ विकेट लिन सफल क्यानबेरा क्रिकेट क्लवका राजन म्यान अफ दि म्याच हुन सफल भएका थीए ।
![[Tags] BBF58792-8739-48DF-9A35-F3A2C3E2FA92-200x300 मैत्रीपूर्ण क्रिकेटमा क्यानबेरा बिजयी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/BBF58792-8739-48DF-9A35-F3A2C3E2FA92.jpeg?resize=200%2C300&ssl=1)
कार्यक्रम समापन गर्दै क्लवका म्यानेजर राजु अधिकारीले बिजयी टिमलाइ बधाइ दिदै भोलिका दिनमा अझै राम्रो खेल्न प्रेरित गर्नु पर्ने र अन्य खेलहरु र आयोजना पनि गर्न सकेमा खेलमा स्तरोनन्ति हुने बताए । खेलपछि बारबिक्यू कार्यक्रम गरिएको थीयो जसमा क्यानबेराका धेरै स्थानिय ब्यक्ति र संघ संस्थाका प्रतिनिधिहरु उपस्थित भएर खेलाडीहरुलाइ हौसला दिएका थीए । क्यानबेरा नेपलिज क्रिकेट क्लव र कार्यक्रमको प्रायोजन हिमालयन बिजनेस ग्रुपले गरेको थीयो ।
![[Tags] BBF58792-8739-48DF-9A35-F3A2C3E2FA92-200x300 मैत्रीपूर्ण क्रिकेटमा क्यानबेरा बिजयी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/81C39AC4-F26F-42AA-9064-489007C6A700.jpeg?resize=300%2C200&ssl=1)