अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल एम्बेसी कप फुटवल हुने भएको छ । क्यानबेराकै पुराने नेपाली फुटवल क्लव क्यानबेरा नेपलिज फुटवल क्लव(CNFC) ले हरेक बर्ष गर्दै आइरहेको अष्ट्रेलिया ब्यापी फुटवल प्रतियोगितामा सिड्नि मेलवर्न, ब्रिसबेन, अल्बेरी लगाएतका फुटवल क्लवहरुले भाग लिने गरेका छन् ।
यूनिभर्सिटि एअ क्यानबेराको खेल मैदानमा हुने प्रतियोगीताको पुरस्कार रासी प्रथम हुने क्लवलाइ $५०००।- दोस्रो हुने क्लवलाइ $२५०० नगद प्रमाणपत्र र सिल्ड रहेको छ भने उत्कृष्ट खेलाडीलाइ $१५०, धेरै गोल गर्ने खोलाडीलाइ $१५०, उत्कृष्ट गोलरक्षकलाइ $१५० पुरस्कार रहेको छ भने फेयर प्ले टिमलाइ $१०० पुरस्कार रहेको छ । त्यस्तै खेलमा ८ बर्ष देखि १४ बर्ष सम्मका बालबालिकाहरु सम्मिलित फुटवल खेलाइने कुरा पनि आयोजक संस्थाका सुरज पौडेलले हामीलाइ जानकारी दिनुभएको हो । १४ वटा क्लवले आफनो नाम दर्ता गरेकोमा एउटा क्लवले आफनो नाम फिर्ता लिए हाल १३ वटा क्लव प्रतियोगीतामा सहभागी हुनेछन् ।
![[Tags] IMG_7142 नेपाल एम्बेसी फुटवल प्रतियोगिता हुदै । तयारी तिब्र रुपमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5187.jpeg?resize=640%2C401&ssl=1)
खेल स्थान यून्भर्सिटि अफ क्यानबेरामा हुनेछ । खेल 9A side अन्तर्गत हुनेछ । खेल १६ नोभेम्बर २०२४ सनिबारका दिन हुनेछ । प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा G1 Home and Builders र Starlink mortgage and finance रहेका छन् भने platinium|Gold sponsour मा Right and associate र Chomolonguma Nepali Cuision रहेका छन् । प्रतियोगता सम्वन्धि केहि सोधपुछ गर्न परेमा
(02) 5110 3196, info@cnfc.org.au,
http://facebook.com/cfc.canberrra
https://cnfc.org.au मा सम्पर्क गर्न क्लवले अनुरोध गरेको छ ।
क्लवका अध्यक्ष राजु तामागंले नेपाली एम्बेसी कपको छैटौं प्रतियोगिता गर्न पाउदा खुसी रहेको कुरा ब्यक्त गर्दै सम्पूर्ण सहयोगी संघ संस्था, ब्यक्ति र क्लवहरुलाइ धन्यवाद ब्यक्त गर्नुभएको छ । सबैलाइ प्रतियोगतामा उपस्थित भएर खेल सभ्य तथा भब्य बनाइदिन पनि अध्यक्ष तामागंको आग्रह रहेको छ ।
![[Tags] IMG_7142 नेपाल एम्बेसी फुटवल प्रतियोगिता हुदै । तयारी तिब्र रुपमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7174.jpeg?resize=640%2C478&ssl=1)
![[Tags] IMG_7142 नेपाल एम्बेसी फुटवल प्रतियोगिता हुदै । तयारी तिब्र रुपमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7136.jpeg?resize=410%2C531&ssl=1)
![[Tags] IMG_7142 नेपाल एम्बेसी फुटवल प्रतियोगिता हुदै । तयारी तिब्र रुपमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7142.gif?resize=640%2C62&ssl=1)
![[Tags] IMG_7142 नेपाल एम्बेसी फुटवल प्रतियोगिता हुदै । तयारी तिब्र रुपमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_4706-1.jpeg?resize=240%2C300&ssl=1)