IMG_7142-1024x100 नेपाल एम्बेसी कप फुटबलको उपाधि सेन्ट जोर्जको कब्जामा ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल एम्बेसी कप फुटवल सम्पन्न भएको छ । क्यानबेराकै पुराने नेपाली फुटवल क्लव क्यानबेरा नेपलिज फुटवल क्लव(CNFC) ले हरेक बर्ष गर्दै आइरहेको अष्ट्रेलिया ब्यापी फुटवल प्रतियोगितामा सिड्नि मेलवर्न, ब्रिसबेन, अल्बेरी लगाएतका १३ फुटवल क्लवहरुले सहभागिता जनाएका थिए ।

IMG_7142-1024x100 नेपाल एम्बेसी कप फुटबलको उपाधि सेन्ट जोर्जको कब्जामा ।

यूनिभर्सिटि अफ क्यानबेराको खेल मैदानमा भएको लिग चरणको खेलबाट चार टिमहरु नेपाल यूनाइटेड, सेन्ट जोर्ज, वेष्ट यूनाइटेड एफ सि र खुकुरी एफ सि पुगेका थिए भने फाइनल सेन्ट जोर्ज र वेष्ट यूनाइटेड क्लव पुगेका थिए । चर्को घामका बावजूद आफनो अब्बल खेल प्रदर्शन गर्दै सेन्ट जोर्जले प्रतियोगीताको बिजयी टिम बन्न सफल रह्यो । सेन्ट जोर्जले बिजयीका रुपमा $५०००।- नगद प्रमाणपत्र र मेडल पाउन सफल रह्यो भने दोस्रो हुने वेष्ट यूनाइटेड क्लवले $२५०० नगद प्रमाणपत्र र सिल्ड पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी सेन्ट जोर्जका सुसान्त खत्रीले $१५० नगद पुरस्कार प्राप्त गर्न सफल रहनुभयो भने , धेरै गोल गर्ने खोलाडी बिभुषनले पनि $१५० प्राप्त गर्न सफल हुनुभएको थियो । त्यस्तै उत्कृष्ट गोलरक्षक आयुष खत्रीलाइ $१५० पुरस्कार प्रदान गरिएको थियो  भने फेयर प्ले नेपाल यूनाइटेडलाइ $१०० पुरस्कार प्रदान गरिएको थियो ।

IMG_7142-1024x100 नेपाल एम्बेसी कप फुटबलको उपाधि सेन्ट जोर्जको कब्जामा ।

प्रतियोगितामा बालबालिकाहरुलाइ दुइ समूहमा बाडेर खेल खेलाइएको थियो । बालबालिकाहरुलाइ अहिलेबाटनै यस्तै कार्यक्रममा सहभागी गराउन सकेको खण्डमा भोलिका दिनमा  उनिहरुलाइ पनि यस्ता प्रतियोगीताहरुको महत्व हुन जान्छ त्यसैले सबैलाइ आफना फुटवल खेल्न रुचि राख्ने बालबालिकाहरुलाइ उपस्थित गराउन अनुरोध गरिएको थियो । उनिहरुलाइ खेलप्रति प्रोत्साहन गर्नका लागी मेडल प्रदान गरिएको थियो ।

प्रतियोगिता यून्भर्सिटि अफ क्यानबेरामा सम्पन्न भएको थियो  । खेल 9A side अन्तर्गत १६ नोभेम्बर २०२४ सनिबारका दिन भएको हो  । प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा G1 Home and Builders र Starlink mortgage and finance रहेका छन् भने platinium|Gold sponsour मा Right and associate र Chomolonguma Nepali Cuision रहेका थिए ।

क्लवका अध्यक्ष राजु तामागंले नेपाली एम्बेसी कपको छैटौं प्रतियोगिता गर्न पाउदा खुसी रहेको कुरा ब्यक्त गर्दै सम्पूर्ण सहयोगी संघ संस्था, ब्यक्ति र क्लवहरुलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो । प्रतियोगितामा क्यानबेराका बिभिन्न सामाजिक ब्यक्तित्वहरु सहित उल्लेख्य रुपमा दर्शकहरुको उपस्थिति रहेको थियो ।

IMG_7142-1024x100 नेपाल एम्बेसी कप फुटबलको उपाधि सेन्ट जोर्जको कब्जामा । IMG_7142-1024x100 नेपाल एम्बेसी कप फुटबलको उपाधि सेन्ट जोर्जको कब्जामा । IMG_7142-1024x100 नेपाल एम्बेसी कप फुटबलको उपाधि सेन्ट जोर्जको कब्जामा । IMG_7142-1024x100 नेपाल एम्बेसी कप फुटबलको उपाधि सेन्ट जोर्जको कब्जामा । IMG_7142-1024x100 नेपाल एम्बेसी कप फुटबलको उपाधि सेन्ट जोर्जको कब्जामा । IMG_7142-1024x100 नेपाल एम्बेसी कप फुटबलको उपाधि सेन्ट जोर्जको कब्जामा ।

IMG_7142-1024x100 नेपाल एम्बेसी कप फुटबलको उपाधि सेन्ट जोर्जको कब्जामा ।

Total Page Visits: - Today Page Visits:
Shares