IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न ।

नेपाली हरु द्वारा नेपाल र नेपाली का लागी शिक्षा, स्वास्थ्य, अति विपन्न समुदाय र विशेष गरी नेपालको दुर्गम क्षेत्रमा बिबिध परोपकारी काम गर्ने गरी स्थापना भएको संस्था “हेल्प नेपाल नेटवर्क” को “रजत जयन्ति” तथा अर्थ संकलन कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेराको ब्रिस्टल क्लब हाउसमा गत सनिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अष्ट्रेलियाली सरकारका सासंद, स्थानिय सरकारका प्रतिनिधीहरु, संस्थाको शूभचिन्तकहरु र  नेपाली-अष्ट्रेलियाली समुदायका बिभिन्न ब्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा हेल्प नेपाल नेटवर्क को उपलब्धिहरूलाई उत्सवका रूपमा मनाउनुका साथै नेपालका परियोजनाहरूका लागि अर्थ संकलनका लागी प्रयास गरिएको थियो।

IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न ।

मुख्य अतिथि अष्ट्रेलियन क्यापिटल टेरिटोरी मन्त्री सुज्यान ओर र विशेष अतिथि अष्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत श्री कुलबहादुर मगरले द्वारा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाइ स्वागत कार्यक्रम संयोजक डा. कृष्ण हमालले गर्नुभएको थियो भने हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाका राष्ट्रिय संयोजक सन्तोषी गौतमले संस्थाको यात्रा र आगामी योजनाबारे प्रकाश पार्नुभएको थियो।

IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न ।

हेल्प नेपाल नेटवर्क नेपालका राष्ट्रिय संयोजक अरुण सिंह बस्नेतले नेपालको परियोजनाहरू र तिनका चुनौतीबारे जानकारी गराउनुभयो। त्यसपछि अष्ट्रेलियाली संसदका हाउस अफ रिप्रजेन्टेटिभ्सका गभर्न्मेन्ट ह्विप सासंद डेभिड स्मिथले आफ्नो मन्तब्य राख्दै अष्ट्रेलियाको बिकाशमा नेपाली समूदायले पुर्याएको योगदानको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा काव्या भण्डारी, स्मारिका अधिकारी, र जेनिशा गौतम ले  नेपाली सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नु भएको थियो ।

IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न ।

मुख्य अतिथि सुज्यान ओर, विशेष अतिथि कुलबहादुर मगर, राज्य सरकारका एन्ड्र्यू ब्राडक र नेपालका लागि पूर्व अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कजस्ता प्रमुख व्यक्तित्वहरूले आ-आफ्नो  मन्तव्य राख्दै हेल्प नेपाल नेटवर्कको योगदान र नेपाल-अष्ट्रेलिया सम्बन्धको महत्वलाई उजागर गर्नुभएको थियो।

IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न ।

कार्यक्रममा हेल्प नेपाल नेटवर्क का उद्देश्य हासिल गर्न विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान र कदर पत्र प्रदान गरिएको थियो भने प्रायोजक, समर्थक, सञ्चारकर्मी, र स्वयंसेवकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।कार्यक्रमको समापन हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाका महासचिव डिला खरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न ।

यो उत्सवले हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको २५ वर्षदेखिको नेपालका दुर्गम र बिकट ग्रमिण भेगका जनताहरुको स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधारमा समर्पित प्रयासलाई र नेपाल-अष्ट्रेलियाली समुदायको सहकार्य र साझेदारीको प्रगाढ आत्मियतालाई थप उचाईमा पुर्याएको छ । कार्यक्रममा उपस्थित सबैलाइ खाजा तथा खानाको ब्यवस्था गरिएको थियो ।

IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न । IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न ।

IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न । IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न । IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न । IMG_7142 हेल्प नेपाल नेटवर्कद्वारा २५औं रजत जयन्ती कार्यक्रम सम्पन्न ।

Total Page Visits: - Today Page Visits:
Shares