IMG_7142 गजल मुशायरामा गजलको भेल । अष्ट्रेलिया भरका गजलकारको मेलवर्नमा मेल ।

गजल मुशायरामा गजलको भेल ।
अष्ट्रेलिया भरका गजलकारको मेलवर्नमा मेल । हजुर
गजलमै नाच, गजलमै हॉंस अर्थात सबैथोक गजलबाट । यस्तो कार्यक्रम कतै हेर्नुभएको छ ? अष्ट्रेलियामा हुनुहुन्छ र अझै बिशेष मेलवर्न वरपर हुनुहुन्छ भने एउटा छुटाउनु नहुने कार्यक्रम हो ‘गजल मुशायरा’ । गजल मुशायरा सुरु भएको ११ औं बर्षको संस्करण अष्ट्रेलियाको मेलवर्नमा हुने भएको छ । सिड्नीमा ८ वटा सफल श्रृंखलाहरू, ब्रिसबेनमा दुइवटा, एडिलेडमा यौटा, अल्बेरीमा यौटा भव्य संस्करणहरू र नेपाल(नुवाकोट) र मलेशियामा दूई संस्करण सहित अवको ११ बर्षको बिशेष १५ औं संस्करण अष्ट्रेलियाको शहर मेलवर्नमा आयोजना हुने भएको हो । यो कार्यक्रम आगामी मे ३ तारिख सनिबारका दिन अपरान्ह १ बजेदेखि saino function centre 495 lygon st Brunswick Melbourne मा हुन गैरहेको छ ।

IMG_7142 गजल मुशायरामा गजलको भेल । अष्ट्रेलिया भरका गजलकारको मेलवर्नमा मेल ।

गजलको एउटा सम्पूर्ण कार्यक्रम गजल मुशायरामा यसपटक भने २५ जना गजलकारहरुको ५० गजल वाचन सहित गजल गायन र गजलमै नृत्य रहनेछ । गजल मुशायराको मेलवर्न १५ औं विशेष श्रृंखला हुनेछ, जसमाअस्ट्रेलियामा रहेका २५ जना गजलकारहरुले २/२ वटा गरी ५० वटा गजल बाचनगर्नु हुनेछ । गजल मुशायरा २०२५ मा सहभागीहुने गजलकारहरुमा  सिड्नीबाट जितेन्द्र मल्ल, बिनायक अधिकारी, महेश्वर शर्मा, राहुल अर्याल, मानस राज, न्यूक्यासलबाट इश्वर पौडेल, ब्रिसबेनबाट केशव शर्मा, ओमकार अधिकारी, र कृष्ण समर्पण, अल्बेरीबाट दुर्गाप्रसाद रिमाल र रिमेन आलोक र मेलवर्नबाट लक्ष्मण सञ्ज्याल, सुशील शर्मा सापकोटा, रमेश अधिकारी, कल्याण अधिकारी, अशोक दवाडी, कल्पना अधिकारी भण्डारी, झगेन धिमाल, प्रेम भुषाल, प्रिसुइन्स रेग्मी, पि. डि. सापकोटा, पार्वती पहारी र सन्तोषी लामीछाने रहनु भएको छ ।

IMG_7142 गजल मुशायरामा गजलको भेल । अष्ट्रेलिया भरका गजलकारको मेलवर्नमा मेल ।

कार्यक्रममा गजल बाचनको अतिरिक्त अशुं महरा, वनिता केसी र अग्रता नेपालको गजल नृत्य एव सुनिल खड्काको गजल गायन समाबेश रहने छ । बासुदेव मरहट्टाको सञ्चालन रहने यस कार्यक्रममा सहभागी भै गजल वाचन, गायन र नृत्यको मज्जा लिनुका साथै नेपाली गजलको प्रबर्धन गर्ने हाम्रो सानो प्रयासमा सहभागी भैदिनुहुन गजल मुशायरा परिवारले सबैमा सादर अनुरोध गरेको छ ।

मेलबर्नमा नेपाली साहित्यको एक बृहत् कार्यक्रम गर्ने मेरो प्रयास लामो समयदेखि रहँदै आएको थियो। परिणामस्वरूप, म आफैँ पनि गजल लेख्न र सुनाउन रुचाउने भएकाले, गजल मुशायराको यसपटकको संस्करण मेलबर्नमै गर्ने प्रयत्न गरेको छु। हामी मेलबर्नमा रहनुभएका अग्रज तथा नयाँ सर्जकहरूलाई सिर्जनशील बनाउने एक सानो प्रयास पनि यस कार्यक्रममार्फत् गर्न चाहन्छौं मेलवर्न संयोजक लक्ष्मण सन्जेलले मेरो कपुरी क को प्रत्यक्ष संबादना बताउनुभएको हो ।

यो कार्यक्रम कुनै व्यावसायिक उद्देश्यले नभई विशुद्ध नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य रहेको र जसको निम्ति हामी ‘मुशायरा परिवार’ निरन्तर क्रियाशील रहेको कुरा संयोजक सन्जेलले बताउनुभएको छ । उहॉंलाइ कार्यक्रम सफल बनाउन, मेलबर्नवासी साहित्यप्रेमी महानुभावहरू कार्यक्रममा साक्षी बन्नुहुनेछ भन्ने आशा लिएको कुरा ब्यक्त गकिदै गजल मुशायरा पछि सोही दिन अन्य विधामा लेख्ने स्थानीय सर्जकहरूलाई समेत समेट्ने उद्देश्यले NAV सँगको सहकार्यमा रचना वाचनको कार्यक्रम पनि राखेका कुरा जानकारी दिनुभएको छ । त्यो दिन हामी साहित्यमय वातावरणमा रमाउनेछौं भन्दा सबैलाइ सहभागी भएर रमाउन पनि संजेलको आग्रह रहेको छ ।

मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम भएको र मेलवर्न संस्करणले अष्ट्रेलियामा रहनुभएका साहित्यिक पारखी र गजलकारहरुलाइ अझ तताउनेमा विश्वस्त रहेको गजल मुशायराका संयोजक जितेन्द्र मल्लले हामीलाइ जानकारी दिनुभएको छ । गजल मुशायराको मुख्य आकर्षक पक्ष भनेको भाषण नहुनु हो, अनावस्यक नबोल्नु हो । चट्ट स्टेजमा आउने आफना गजल भन्ने र फर्कने । सबै अतिथी सबै श्रोता सबैलाइ समान सम्मान । त्यसैले त गजल मुशायरा परिवारलाई संसारभरि छरिएर रहेका नेपाली गजल सर्जकहरूले अगाध स्नेह देखाएका छन् । संयोजक मल्लले ११ बर्षमा ग़ज़ल मुशायरा दौडनु सहज नभएको र यो खुसीको समय रहेको बतॉंउदै फेसबुक, यूट्युव र प्रत्यक्ष कार्यक्रम मार्फत जोडिने सबैलाइ धन्यवाद ब्यक्त गर्नुभएको छ ।

गजल मुशायराका बारेमा यहॉंहरुलाइ सहयोग र सर सल्लाह गर्न चाहना रहेमा मेलवर्न संयोजक लक्ष्मण सन्जेल 0452 362 177 र जितेन्द्र मल्ललाइ 0402 525 977 सम्पर्क गर्न सकिने छ । कार्यक्रमलाइ गजल मुशायरा परिबारले आयोजना गरेको हो भने RJ Outdoor expert र Solve Education migration ले मुख्य सहयोग गरेका छन् । गोल्ड सेपोन्सरका रुपमा JAAM Nepali Bazaar, student destiny education and visa, Chandler RTO, Grampians college त्यस्तै फइनान्सीयल पार्टनरमा Buddha travels and tours, innovative associates, GNT finance and mortgage, Grace international, Sutra, Ratna Jewelers रहेका छन् भने सहयोगी संघ संस्थाहरुमा consulate of nepal Melbourne, NRNA Australia, Nepali Multicultural Centre Melbourne रहेका छन् भने Nepalese Association of Victoria सहयोगी संस्थापकों रुपमा रहेको छ ।

कार्यक्रमको विवरण तल उल्लेखित रहेको छ ।
मिति :मे ३ सनिबार २०२५
समय : अपरान्ह १ बजेदेखि
स्थान : saino function centre 495 lygon st Brunswick Melbourne

मुशायरामा गजलको भेल ।

IMG_7142 गजल मुशायरामा गजलको भेल । अष्ट्रेलिया भरका गजलकारको मेलवर्नमा मेल ।

Total Page Visits: 502 - Today Page Visits: 1
Shares