बिनायक अधिकारी :- नेपाल एम्बेसी क्यानबेराको आयोजनामा एभरेष्ट डे सम्पन्न भएको छ । एभरेष्ट डे मारेच २९ मा भएतापनि क्यानबेरामा सार्वजनिक बिदा परेको हुनाले मार्च २८ का दिन मनाएको हो । रेडहिल नेचर रिजर्भमा सबैजना भेला भएर कार्यक्रम सुरु भएको थीयो । कार्यक्रम सुरुवात गर्दै नेपाली दुतावास उपनियोग प्रमुख दुरपदा सापकोटाले तेन्जिग शेर्पा र एडमण्ड हिलारीले सगरमाथा १९५३ मे २९ का दिन टेकेको अवसरमा यो दिवस मनाउने र यसले नेपाललाइ चिनाउन मद्धत गर्ने हुनाले यो कार्यक्रमको आयोजना गरेको कुरा बताइन ।
कार्यक्रममा एनआरएनए एसीटिका संयोजक राजन ढुंगेल, एएनएफएस का अध्यक्ष जीवन राना, सामाजिक अगुवाहरु डा कृष्ण हमाल, डा दुर्गादत्त कणेंल, कुमार केसी, नेपाल प्रदेश नं ३ ती सभासद माननीय गीता बाग्ले र सिड्निवाट रन्जु वाग्ले थापा लगाएत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थीयो । उपस्थित सबैले नेपालका प्रतिनिधि चित्रभएका टिसर्टहरु लगाएका थीए ।
कार्यक्रममा बोल्दै महामहिम लक्की शेर्पाले एभरेष्ट डे ले नेपाललाइ बिश्वसामु चिनाउन महत्वपूर्ण भूमीका खेलेको र पदयात्री तथा आरोहिहरुलाइ चिनाउन सफल भएको कुरा जानकारि दिइन । कार्यक्रम समापन गर्दै राजदुत शेर्पाले उपस्थित संघ संस्थाका प्रतिनिधिहरु र आम नागरिकहरुलाइ धन्यवाद दिएन ।
![[Tags] F7AB9A67-86C1-43CE-BBD8-DB6301DF6B0E-300x225 क्यानबेरामा एभरेष्ट डे मनाइयो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/02E9F479-BE5B-4B5D-B2E2-9E754BFB3DC3.jpeg?resize=300%2C225&ssl=1)