एजेन्सी । हालै गरिएको एक नयाँ सर्वेक्षणले १३ देखि १९ वर्ष उमेर समूहका युवाहरुमाझ फेसबुकको लोकप्रियता अत्यन्तै कम भइसकेको देखाएको छ । पिउ रिसर्च सेन्टरले सार्वजनिक गरेको तथ्याङ्कमा अमेरिकामा मात्र फेसबुक प्रयोग गर्ने युवाहरुको सङ्ख्या २० प्रतिशतले कम भएको पत्ता लगाइएको सीएनएनले जनाएको छ ।

अहिलेका युवाहरुमाझ सबैभन्दा चर्चित प्ल्याटफर्म युट्युब रहेको बताइएको छ । ८५ प्रतिशतले चलाउने गरेको यु्ट्युब सबैभन्दा बढी लोकप्रिय मानिएको हो । त्यसैगरी यसवर्ष इन्स्टाग्राममा सक्रिय युवाहरुको सङ्ख्या पनि ७२ प्रतिशत पुगेको छ भने ६९ प्रतिशतले स्न्यापच्याट चलाउने गरेका छन् । उता युवा फेसबुक प्रयोगकर्ताहरुको दर भने घटेर ५१ प्रतिशतमा पुगेको हो । ३२ प्रतिशत युवाहरु ट्वीटरमा रमाउने गरेका छन् । त्यसैगरी एक दिनमा सबैभन्दा बढी खोलिने एपमा भने स्न्यापच्याट सबैभन्दा अगाडि रहेको बताइएको छ ।

फेसबुक कम्पनीका लागि भने यो खुलासा चिन्ताजनक हुने बताइएको छ किनकी युवाहरुलाई नै लक्षित गरि फेसबुकले हाल आफ्ना नीति लगायत विशेषताहरुमा थुप्रै बदलाव ल्याइरहेको छ । त्यसैगरी स्मार्टफोनको प्रयोगमा पनि तीन वर्ष अघिको तुलनामा धेरै वृद्धि भइसकेको पत्ता लगाइएको हो । २०१५ मा ७५ प्रतिशत युवासँग मात्र फोन थियो भने अहिले ९५ प्रतिशतले स्मार्टफोन बोक्ने गरेको पाइएको छ । यस मुद्दामा हाल फेसबुकले भने कुनै प्रतिक्रिया नदिने बताएको छ ।

Total Page Visits: - Today Page Visits:
Shares