![[Tags] cropped-D8D81B72-6BB3-42BC-ACC5-09D1FA58A2B4-150x150 मोसनको चोकैमा मुलचोक : मनलागेको खानेकुरा पाइन्छ सबैथोक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/cropped-D8D81B72-6BB3-42BC-ACC5-09D1FA58A2B4.png?resize=150%2C150&ssl=1)
नेपालीहरुको बाक्लो बसाइ रहेको ओडन एरियाको मोसनमा केहि समय अघि नेपाली रेष्टुरेन्ट “मुल चोक किचन” खुलेको छ । नेपालीहरुको बसाइ सरॉंइको क्रम बाक्लिएपछि क्यानबेरामा नेपाली ब्यापार ब्यवसाय बढ्ने क्रम पनि बाक्लिएको छ । मोसनको सपिंग सेन्टर संगै रहेको मुल चोक किचेनमा शुक्रवार, सनिबार र आइतबार सॉंझको मधुर संगीतसंगै नेपाली खानामा परिकारहरु पाइन्छ ।
![[Tags] cropped-D8D81B72-6BB3-42BC-ACC5-09D1FA58A2B4-150x150 मोसनको चोकैमा मुलचोक : मनलागेको खानेकुरा पाइन्छ सबैथोक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/45abad16-a856-4ab1-b3a1-8759e2b16ae2.jpeg?resize=300%2C60&ssl=1)
हाम्रो उद्देश्य पैसा कमाउने मात्रै नभएर नेपाली स्वादको खाना ग्राहकहरु समक्ष पस्कनु पनि हो संचालक गोबिन्द पौडेलको कथन थियो । मुलचोकमा हामी पुग्दा नेपालीमात्रै नभइ बिदेशिहरु पनि संगीतमा मग्न हुदै नेपाली खानाको आनन्द लिइरहेका देखिन्थे भने ग्राहकको स्वागतमा अनिता पौडेल ब्यस्त देखिनुहुन्थ्यो ।
ढोकैबाट स्वागत गर्दै भित्र लगेर सिटमा राखेपछि टेवलमा रहेको बारकोड स्क्यान बाट खानेकुरा अर्डर लिन सकिने कुरा जानकारि हुदा लाग्यो अव बिस्तारै नेपाली रेष्टुरेन्टहरु पनि प्रविधि मैत्री हुन थालेछन् ।
नेपाली मात्रै नभएर बिदेशिहरुले पनि नेपाली खानालाइ मन पराउन थालेको देखियो । हामी संगैको टेवलमा बसेर खाइरहेका निक, ब्रि, एन्ड्रु, भिक्टरको ग्रुप निक्कै खुसीका साथ नेपाली खाना खॉंदै रमाइरहेका थिए । हामीले उनिहरुलाइ फोटो खिच्न अनुरोध गर्दै खानाको बारेमा सोध्यौ । उनिहरुलाइ नेपाली खाना निकै मन पर्ने र यहॉं खान आइरहने बतायो । उहॉंहरु क्यानबेरा हस्पिटलमा काम गर्ने डक्टरहरुको ग्रुप रहेछ ।
![[Tags] cropped-D8D81B72-6BB3-42BC-ACC5-09D1FA58A2B4-150x150 मोसनको चोकैमा मुलचोक : मनलागेको खानेकुरा पाइन्छ सबैथोक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/IMG_6753.jpeg?resize=300%2C225&ssl=1)
अर्को टेनलमा Vinessa को ग्रुप थियो । नेपाली खानाको स्वाद असाध्यै स्वादिष्ट र फरक रहेकोले यहॉं आइरहने कुरा बताउनुभयो । नेपालीहरुलाइ त आफनो खाना यसै प्यारो लाग्छनै बिदेशिहरुले पनि यसरि मन पराइदिएपछि भने सबैलाइ खुसी लाग्ने रहेछ ।
![[Tags] cropped-D8D81B72-6BB3-42BC-ACC5-09D1FA58A2B4-150x150 मोसनको चोकैमा मुलचोक : मनलागेको खानेकुरा पाइन्छ सबैथोक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/IMG_6755-1.jpeg?resize=300%2C225&ssl=1)
हप्तामा सातैदिन खुल्ने किचन सप्ताहन्तमा अझै ब्यस्त हुने रहेछ । क्यानबेराकै लोकल र सिड्निबाट आउनुभएका गायकहरुको सुमधुर स्वर संगीतमा आफना रोजाइका गीतहरु सुन्दा खाना खान पॉंउदा मज्जा नमान्ने को होला र ? नेपाली, हिन्दि र अंग्रेजी गीतहरु सबै गीत सुन्न पाइने हुनाले पनि नेपालीहरु मात्रै नभएर अन्य देशका मामिसहरुले पनि संगीत संगै खाना मन पर्ने बताए ।
![[Tags] cropped-D8D81B72-6BB3-42BC-ACC5-09D1FA58A2B4-150x150 मोसनको चोकैमा मुलचोक : मनलागेको खानेकुरा पाइन्छ सबैथोक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/76a278b5-704c-4241-8c98-6989d372ce42.jpeg?resize=300%2C200&ssl=1)
बिशेषगरि बिध्यार्थिहरुका लागी अझै सजिलो बनाएको रहेछ यस्ता रेष्टुरेन्टले । पढाइ संगै काम पनि गर्नुपर्ने भएको हुनाले कहिलेकॉंहि खाना बनाउनै भ्याइदैन अनि यतै आयो खाना लियो र गयो सुलभको कथन थियो । ठॉंउको भने आफूलाइ अभाव रहेको र यो ठॉंउ भने
स्थानिय संघ संस्थाका प्रतिनिधि नेपालीहरु हरुबाट सहयोग कस्तो छ भन्ने प्रश्नमा हामीलाइ कमै सहयोग छ । सुनेको छु नेपाली ब्यापार ब्यवसायलाइ पनि सहयोग रहनेछ भन्ने तर त्यस्तो देखिएको छैन । हामीलाइ आशा छ भविष्यमा पक्कै सहयोग हुने छ । यहि समाजमा रहेको हुनाले सामाजिक कुरामा सहयोग गर्न आफु सदैव तयार रहेको र गरिरहेको कुरा पौडेलले हामीलाइ बताउदै हामीलाइ पैसा वा ब्यापार भन्दापनि कोहि आफना आएर के छ? कस्तो चलिरहेको छ भनिद्नुभयो भनेपनि खुसी लाग्ने बताउनुभयो । हाल २०/२२ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेको र यो पनि समुदायमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग रहेको छ ।
![[Tags] cropped-D8D81B72-6BB3-42BC-ACC5-09D1FA58A2B4-150x150 मोसनको चोकैमा मुलचोक : मनलागेको खानेकुरा पाइन्छ सबैथोक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/bfe12ca8-f574-421b-a95a-917d7e0460f3.jpeg?resize=300%2C140&ssl=1)
बिहान १० देखि सॉंझ ९ः३० बजे सम्म किचन खुल्ला रहन्छ त्यो गर्दा मलाइ घाटा त हुन्छ तर मैले बाहिरबाट आउने नेपाली देखि स्थानियलाइ पनि खाना खाने अवसरबाट बन्चित गराउन चाहन्न । कयौं नेपालीहरु दुताबासको काममा आउनुहुन्छ तर खाना खाने ठॉंउ हुदैन भन्ने सुनेर पनि हामीले बिचमा बन्द नगरेका हौं ।
जे होस नेपाली खानालाइ बिदेशमा पनि चिनाएर कर्म संगै फलको आशा गर्ने सबै प्रति हामी आभारी हुनै पर्छ । भोलिका दिनमा अझै उच्च सेवाका साथ स्वादिष्ट नेपाली खानाहरु पस्केर आम मानिसहरुको मन जित्न सफल हुनु हुन सबै नेपाली रेष्टुरेन्टहरु प्रति हाम्रो अनुरोध छ ।
![[Tags] cropped-D8D81B72-6BB3-42BC-ACC5-09D1FA58A2B4-150x150 मोसनको चोकैमा मुलचोक : मनलागेको खानेकुरा पाइन्छ सबैथोक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/IMG_6752.jpeg?resize=300%2C225&ssl=1)