बिनायक अधिकारी :- क्यानबेरामा नेपाली चलचित्र “प्रसाद” प्रदर्शन भएको छ । समाजको यही तीतो यथार्ततालाई सफलताका साथ उजागर गरेको चलचित्रमा कलाकारहरुका सशक्त अभिनय मार्फत प्रशस्त मानसिक द्वन्द सृजना गरेर कथाबस्तुलाई न्याय दिन सफल रहेको छ।

4C90F6E4-358A-4BDB-BB7C-C6AF316A7F4D-1024x659 क्यानबेरा दर्शकले मीठो माने “प्रसाद”

चलचित्र सुरुभए देखिनै चलचित्रको द्विअर्थी संवादले दर्शकहरुमा हॉंसोका फोहरा छुटिरहेका देखिन्थे । चलचित्र हेरिरहँदा आफनै समाजमा भइरहेको घटना जस्तो लाग्ने कथाले दर्शकलाइ दुइघण्टा मज्जाले हलमा बॉंधेर राख्नेछ । चलचित्र नाम अनुसारको प्रसाद भने जर्वजस्ति खुवाइएको जस्तो देखिन्छ तर सकारात्मक सोच्दा भने त्यहि कुरा मीठो देखिएको छ ।

4C90F6E4-358A-4BDB-BB7C-C6AF316A7F4D-1024x659 क्यानबेरा दर्शकले मीठो माने “प्रसाद”

दर्शक प्रतिक्रिया लिने क्रममा धेरै दर्शकहरुले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिए भने रेगुलेशन ठीकै लागेको बताए । राम्रो कथाबस्तु र मनछुने गीतका कारण चल्नु अघिनै ‘प्रसाद’ को लोकप्रियता बढिसकेकोमा क्यामबेरा बासीले पनि चलचित्र मनपराए ।

4C90F6E4-358A-4BDB-BB7C-C6AF316A7F4D-1024x659 क्यानबेरा दर्शकले मीठो माने “प्रसाद”

समग्रमा भन्ने हो भने यो यौटा हेर्नै पर्ने र छुट्टाउनै नहुने चलचित्र हो। नेपाली चलचित्रका विबिध स्वाद पस्कन सधैं लागिपर्ने भरिया ग्रुप प्रति पृथक कथाबस्तु समवेश गरिएको चलचित्र  “प्रसाद” का लागी हार्दिक धन्यबाद ।

Total Page Visits: 2174 - Today Page Visits: 1
Shares