बिनायक अधिकारी : ९ जुन २०१९
हिमालयन बिजनेस ग्रुप क्यानबेराले बिध्यार्थीहरुका लागी जानकारिमुलक कार्यशाला सम्पन्न गरेको छ । ८ जुन सनिवारका दिन बेष्टर्नक्रिक कम्यूनिटी सेन्टरमा भएको कार्यक्रममा सिआइटि (CIT) का एडमिनसन म्यानेजर जेसन डेबिडले अन्तराष्ट्रिय बिध्यार्थीहरुका लागी के कस्ता बिषयहरु छन् र भर्ना हुन के के कागजातहरु आवस्यक पर्छन र कस्ता बिध्यार्थीहरु भर्ना हुन पाउछन् भन्ने जानकारि दिनुभएको थियो । त्यस्तै सिड्नि लगाएत बिभिन्न ठॉंउमा कलेज बन्द भइ प्रभावित ब्यक्तिगत रुपमा इलिजेवल भएका बिध्यार्थीहरुलाइ सिआइटिले भर्ना लिने कुरा पनि डेबिडले जानकारि दिनुभयो ।
![[Tags] 5FA0A8E5-AF6B-48F2-A7FF-D21FF53C98B8 हिमालयन बिजनेसनद्वारा इन्फो सेसन सम्पन्न । पाठशालाका लागी निःशुल्क कक्षा कोठा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/06/5FA0A8E5-AF6B-48F2-A7FF-D21FF53C98B8.jpeg?resize=640%2C480&ssl=1)
डेबिडले क्यानबेरामा नेपालीहरुले चलाइरहेको पाठशालाका लागी सिआइटिका भवन भएका स्थानमा निःशुल्क रुपमा कक्षा संचालन दिने मौखिक जानकारि दिनुभएको थियो । लिखित जानकारि आएपछि यो अझै पक्का हुने र यसबापत हामीलाइ बार्षिक रुपमा झण्डै दशहजार डलर बराबरको रकम बचत हुने कुरा हिमालयन बिजनेस ग्रुप क्यानबेराका डिरेक्टर आदर्शजंग पाण्डेले जानकारि दिनुभयो ।
उक्त कार्यशालामा माइग्रेसन सम्वन्धिका जानकारि, १९० भीजा बारे परामर्श, १६ नोभेम्वर २०१९ बाट परिवर्तन हुने नयॉं भीजाका बारेमा जानकारि र उपस्थित तथा अनलाइन बाट सोधिएका प्रश्नका जवाफ माइग्रेसन एक्सपर्ट राजदिपले दिनुभएको थियो ।
त्यस्तै अव हरेक बर्ष दुइवाट इन्फो सेसन संचालन गर्ने जसले गर्दा बिध्यार्थी तथा अन्य जानकारि आवस्यक ब्यक्तिहरुका लागी सहज हुने कुरा पनि हिमालयन बिजनेस ग्रुप क्यानपेराका डिरेक्टर द्वय आदर्शजंग पाण्डे र मान तामागंले संयुक्त रुपमा जानकारि दिनुभयो ।