बिनायक अधिकारी

अष्ट्रेलियाको राजधानि क्यानबेराको हावाको गुणस्तर संसारभरिकै सबैभन्दा गुणस्तरहिनमा परेको छ । बिहिवार पनि हावाको स्तर यस्तै रहेको थियो भने आज आइतबार पनि गुणस्तरहिन रहेको हो । एयर भिजुअलका अनुसार क्यानबेराको हावाको गुणस्तर आज बिहान ११:०० बजे दिल्ली, भारतको भन्दा झन्डै साढे दुई गुणा खराब रहेको जनाएको छ ।

886F5933-B428-42FE-8368-A4A4C0AFF703 क्यानबेराको हावाको स्तर सबैभन्दा गुणस्तरहिन ।

एनएसडब्लु राज्यमा लागेको डंढेलो बढ्दै गएर क्यानबेरा नजिकका क्षेत्रमा पनि आइरहेको छ र यो क्रम अझै बढ्ने देखिएको छ । यतिबेला क्यानबेरा पुरै धुवॉंले ढाकिएको छ । धुबॉंले गर्दा बाटोमा सबैको साधन चलॉंउदा असहज भएको छ भने स्वास प्रस्वासमा झनै समस्या देखिएको छ । ऑंखा पोलेर हेर्न पनि गार्हो हुने भएको छ । यस्तै समस्या रहिरहेमा स्वासप्रस्वासमा समस्या भइ दिर्घकालिन रुपमा असर हुन् सकिने देखिन्छ ।

फोटो : गुगल

Total Page Visits: 1066 - Today Page Visits: 2
Shares