एनआरएनए एसिटिले आयोजना गरेको रक्तदान भब्यरुपमा सम्पन्न भएको छ । फेब्रुवरि १ र २ गरि दुइदिन आयोजना गरेको कार्यक्रम आज सकिएको छ । एनआरएनए एसिटिका संयोजक चुडामणी सापकोटा, उप संयोजक अशोक बस्नेत र सचिव बिनायक अधिकारीले संयुक्त रुपमा रगत दिए कार्यक्रमको सुभारम्भ गरिएको थियो ।
सनिबार र आइतबार गरेर जम्मा ४० जनाको लागी रक्तदान गर्न रक्तदान केन्द्र ग्यारनले सुझाएको थियो तर क्यानबेरा र क्विनबियन क्षेत्रकों नेपालीहरुको उलेख्य उपस्थितिले दर्ता गरिने ब्यक्तिले एकैचोटि धेरैजना नबोलाउन अनुरोध गरेका थिए ।
![[Tags] 46F31BED-26D2-479A-A717-C8E8E0B63713 क्यानबेरामा रक्तदान : रेडक्रस भवन नेपालीमय ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/46F31BED-26D2-479A-A717-C8E8E0B63713.jpeg?resize=640%2C311&ssl=1)
कार्यक्रम आयोजना एनआरएनए एसिटि यूथ फोरमले गरेको थियो । यूवा संयोजक चन्द्र तिवारीले हामीले बिशेष कारणले रक्तदान कार्यक्रम गरेका छौं । अष्ट्रेलियालाइ यतिबेला धेरै रगत चाहिएको र मानबिय संबेदना बुझेर हामीले पनि रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो । त्यस्तै संयोजक चुडामणी सापकोटाले रक्तदानमा उपस्थित हुने सबैलाइ हार्दिक धन्यवाद दिदै यस्तै सहयोग सदैव गरिदिइरहन अनुरोध गर्नुभएको थियो । रक्तदान कार्यक्रममा दुइदिनमा ७० जनाभन्दा बढि रक्तदाताहरुले रक्तदान गर्नुभएको छ । नेपालीहरुको सक्रिय सहभागितालाइ रक्तदान कार्यालयका कर्मचारिहरु खुसी रहेको र भोलिका दिनमा पनि यस्तै सहयोग गरिरहन अनुरोध गर्दै नेपाली समाजको प्रशंसा गरेका थिंए ।
कार्यक्रम अन्त्यमा मेरो कपुरी क संग कुरा गर्दै संयोजक चन्द्र तिवारीले सबै रक्तदाताहरुलाइ हार्दिक धन्यवाद दिदै अव सकेसम्म रक्तदान कार्यक्रमलाइ त्रैमासिक रुपमा निरन्तरता दिने प्रयास रहेको बताउनुभएको छ ।
![[Tags] 46F31BED-26D2-479A-A717-C8E8E0B63713 क्यानबेरामा रक्तदान : रेडक्रस भवन नेपालीमय ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/2917CE57-28CF-441B-B055-4F6354F3C540.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 46F31BED-26D2-479A-A717-C8E8E0B63713 क्यानबेरामा रक्तदान : रेडक्रस भवन नेपालीमय ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/C89ADDCA-67CF-4F31-BC55-B9DC86E8B9E3.jpeg?resize=640%2C853&ssl=1)
![[Tags] 46F31BED-26D2-479A-A717-C8E8E0B63713 क्यानबेरामा रक्तदान : रेडक्रस भवन नेपालीमय ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/4B70C897-15A1-4DF1-9DC9-A6825A77E828.jpeg?resize=640%2C481&ssl=1)