सुदीप त्रिपाठी ‘प्रतिक’
विस्रवेन ९, फेब्रुवरी

आधुनिक जीवनशैलीले गर्दा मानवस्वास्थमा दिन प्रतिदिन असर परिरहेको छ । स्वस्थ जीवन जिउनको लागि मानिसह?ले खानपान देखि लिएर नियमित रूपमा सरफाई तथा योग, ध्यान, व्यायाम तथा स्वास्थ परिक्षण तथा चेकजाँच गर्ने गर्दछन् ।

73D933CF-92E6-47B4-9EFB-608372503B74-1024x856 अस्ट्रेलियाको विस्रवेनमा संचालित योग कार्यक्रम १ सय ३४ औं श्रृंखलामा ।


पछिल्लो समयमा शारारिक व्यायामका लागि ठूला ठूला जिमहल तथा व्यायामशाला पनि खुलेका छन् त्यति मात्र नभई अस्टेलियाका विभिन्न गाँउ तथा शहरका पार्कहरूमा निशुल्क रूपमा व्यायाम गर्ने विभिन्न सामाग्रीहरू राखिएका हुन्छन् ।
व्यक्तिले आफू अनुकुलको समयमा आ– आफनो तरिकाले शारीरिक व्यायाम गर्ने, कसरत गर्ने , खेल खेल्ने, हिड्ने ठुल्ने गर्दछन् । अस्ट्रेलियाको व्यस्त जीवनशैलीलाई स्वस्थ, तन्दुरूस्त बन्न, फुर्तिलो अनि तनाव रहित जीवन जिउनको लागि योग एक प्रकारको प्रभावकारी उपाय पनि हो ।

73D933CF-92E6-47B4-9EFB-608372503B74-1024x856 अस्ट्रेलियाको विस्रवेनमा संचालित योग कार्यक्रम १ सय ३४ औं श्रृंखलामा ।


अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको विस्रवेन शहरमा सन् २०१७ को जुन महिनादेखि साप्ताहिक रूपमा योग कार्यक्रम सञ्चालन गरिदै आएको छ । योग शिविरिको १३४ औं श्रृड्डखला आइतबार स्प्रिड्डहिल सामुदायिक हलमा सम्पन्न भयो । कार्यक्रममा उपस्थित सहभागीहरू निकै उत्साहित देखिएका थिए ।
शिविरमा सुरूवाती दिनबाट नै योग प्रशिक्षकका रूपमा काम गर्दे आउनुभएको महेश दाहालले कार्यक्रमलाई आगामी दिनमा अझै प्रभावकारी तरिकारले अगाडी बढाइने बताउनुभयो साथै उहाँले आगामी हप्ताको शिविरहरू पनि सोही हलमा आइतबार विहान ७ बजे देखि गरिने जानकारी दिनुभयो ।

73D933CF-92E6-47B4-9EFB-608372503B74-1024x856 अस्ट्रेलियाको विस्रवेनमा संचालित योग कार्यक्रम १ सय ३४ औं श्रृंखलामा ।


नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डको सहकार्यमा साप्ताहिक रूपमा विस्रवेनमा योग शिविर सञ्चालन गरिदै आइरहेको छ । शिविरमा नेपाली समुदायको मात्र नभई, चाईनिज, इन्डियन, अस्ट्रेलियन लगायतका अन्य समुदायका मानिसहरूको पनि सहभागिता हुदै आइरहेको छ ।

Total Page Visits: - Today Page Visits:
Shares