मानव शर्मा, क्यानबेरा
छातिमा देश बोकेर बिदेश हिडेका नेपालीहरु बिदेशमा बग्रेल्ति भेटिन्छन् । आफु बिदेश रहेपनि मन भने संधै देशमै रहेको हुन्छ । देशलाइ बिभिन्न किसिमले सहयोग गर्ने क्रम चलिरहेकै छ । यसै क्रममा अष्ट्रेलियाको राजधानी क्यानबेरामा बियर, कोक, पानी जस्ता पेय पदार्थका खाली बोत्तल संकलन गरेर त्यसवाट आएको आम्दानी नेपालको बिपन्न क्षेत्रमा पुस्तकालय, वा पठन पाठनमा सहयोग हुने अवस्था वा जुनसुकै प्रकारका सहयोग पुग्न सक्ने ठॉंउ हेरि सहयोग गर्ने उद्देश्यले सुरु गरिएको छ ।
यो उद्देश्यलाइ सार्थक रुप दिन क्यानबेराका मनकारी सहयोगी नेपाली भाष्कर रेग्मीको अगुवाइमा बिनायक अधिकारीले साथ दिएका हुन् । यस कार्यक्रममा एक बर्षमा $३०० जम्मा भइसकेको कुरा भाष्कर रेग्मीले जानकारी दिनुभयो । यस कार्यलाइ गत महिनाबाट पहिलो सहयोग समीर चमारु गुरुगं र संझना गुरुगंले गर्नुभएको थियो भने त्यसपछि न्यूजल्यॉंण्ड घर भइ हाल जिन्डले एज केयरमा रजिस्टर्ड नर्सका रुपमा कार्यरत Tony Schumacher Jones ले गर्नुभएको हो । त्यस्तै जेबि एजुकेशन एण्ड माइग्रेसनका बिक्रम सुबेदीले र काम्वा निबासी अमृत मगरले पनि आफुसंग संकलित बोत्तल सहयोग गरिसक्नुभएको र भबिष्यमा पनि सहयोग गर्ने बचन दिएको कुरा रेग्मीले बताउनुभयो ।
त्यस्तै क्यानबेरामा नेपालीहरुद्वारा संचालित डिष्काउन्ट ग्रोसरि स्टोर्स पनि आफुसंग रहेका बोत्तललाइ संकलन गरि सहयोग गर्ने कुरा ग्रोसरिका संचालक कुमार पाण्डेले बताउनुभयो ।
क्यानबेरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु सहित अन्य नागरिकहरुलाइ यस कार्यक्रमको लागी सहयोगका लागी अपील छिट्टै गर्ने कुरा भाष्कर रेग्मीले जनाउनुभएको छ । यसै समाचार पढेर पनि सुचनाको जानकारि पाउनुहुने सबैले बोत्तल संकलन गरि भाष्कर रेग्मी 0406 907 972 र बिनायक अधिकारी 0449944705 मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।
साथै यस कार्यलाइ यथार्थ बिवरण प्रस्तुत गर्न सजिलो होस भन्ने हेतुले फेसबुक पेज खोलिएको छ । यस पेजवाट लाइक गरि सहयोग गरिदिनुहुन पनि हामी सबैसंग अनुरोध गर्नुभएको छ ।
“Cans and bottle collections 4 donations”
https://www.facebook.com/CansBottlesCollectionDonation/