बिनायक अधिकारी
अष्ट्रेलियाको राजधानी क्यानबेरामा लडकाउन भए संगै सबैजनालाइ एक आर्काप्रतिको स्वास्थ्य संगै अन्य चासो र चिन्ता बढेको छ । प्रत्येकजनालाइ फ़ोन गरेर के छ कस्तो छ ? भनेर सोधिरहन पनि संभव हुन् गार्हो हुन्छ तसर्थ यी सबैकुरा सहज बनाइदिएको छ क्लवहाउसले । क्लवहाउसमा यतिबेला सबैखाले समूहहरु पाइन्छ । राजनिति, समाज, स्वास्थ्य, साहित्य, खेलकुद र यौनका बिभिन्न शिर्षकमा समूह बनेर गफिनेहरुको संख्या देख्न सकिन्छ ।
सबैखाले चासो र चिन्ता आदान प्रदान गर्न क्यानबेरामा “क्यानबेरा लकडाउन डायरी” सुरु भएको छ । लकडाउन डायरी हरेक दिन बेलुका ८ बजेबाट सुरु हुने गर्दछ । यसमा हरेक दिनका गतिविधि का साथै कोभिडको प्रकोप र प्रभाव, कोभिडबाट समाजमा परेका समस्या साथै ब्यापार, साहित्य, कला सहित विविध सिर्षकमा रहेर बिचार आदान प्रदान गरिन्छ । यहॉंहरुलाइ पनि लकडाउन डायरीमा आफना कुराहरु राख्न र अन्य ब्यक्तिहरुका कुरा सुन्न मन छ भने हरेक दिन बेलुका क्लव हाउसमा “राजधानी लकडाउन डायरी” सुन्न सक्नुहुनेछ । यसलाइ राजु अधिकारी, चन्द्र तिवारी, सुमित्रा जोशी लगाएतका अन्य ब्यक्तिहरुले सहजिकरण गर्नुभएको छ ।
https://www.clubhouse.com/room/PNjlR2vG