हिजो र आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । मानिस जहॉं रहेपनि आफनो धर्म, संस्कृति र पर्वको फरक पार्दैन कसरि मनाउन सकिन्छ भनेर प्रयास गरिरहन्छ । यस्तै अष्ट्रेलियाको राजधानी क्यानबेरा र संगै जोडीएको एनएसडब्लु राज्यको क्विनबियनमा यहॉं रहेका नेपालीहरु मीलेर आज होलि मनाउने भएका छन् ।
ग्रेस इन्टरनेसनल र काठमाडौं अटोमोवाइल्सको संयुक्त प्रायोजनमा हुन लागेको होलि कार्यक्रममा सिड्नीबाट नेपाली चर्चित गाएक समीर आचार्यको उपस्थिति रहने कुरा आयोजकले जनाएको छ । त्यस्तै स्थानिय लोक गायक बिक्रम शर्मा, डिजे सरोज र डिजे वाइजी सहित अन्य कलाकारको सहभागीता रहने छ । कार्यक्रम क्विनबियन सेन्ट्रल पार्कमा दिनको २ बजेदेखि ७ बजेसम्म हुनेछ । आयोजकले क्यानबेरा तथा क्विनबासी नेपाली तथा होलिमा रम्न र रमाउने सबैलाइ उपस्थितियों लागी हार्दिक अनुरोध गरेको छ । कार्यक्रममा गीत संगीत, डिजे र बिभिन्न परिकारका खाना रहने छन् भने कार्यक्रमको ब्यवस्थापन क्विनबियन नेपाली समाजले गरेको छ । कार्यक्रमलाइ प्यासिफिक हलाल बुचरी, इन्डिएन मार्ट, स्पाइस बार, जेनिथ ड्राइभिगं सेन्टर, द टेष्ट अफ हिमालयज, द मुस्तॉंगं नेपलिज रेष्टुरेन्ट एण्ड बार र अजि फाइनान्स रेल सहयोग गरेका छन् ।
![[Tags] 11F990E1-B3B6-4EEE-9E1B-D79FB74D52F2-1024x640 क्विनबियनको होलिमा रमाउदै क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/03/11F990E1-B3B6-4EEE-9E1B-D79FB74D52F2.jpeg?resize=640%2C400&ssl=1)
होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।