नेपाली नयॉं बर्षको अवसर पारेर सनातन समाज अष्ट्रेलियाले अष्ट्रेलियाको राजधानी क्यानबेरामा आतिशबाजी (फायरवर्क) सहित नयॉं बर्ष मनाउने भएको छ । सनातन समाजका अध्यक्ष सन्तोष मल्लले दीवालीको शुभकामना आउने तर नेपालको नयॉं बर्षको शुभकामना अष्ट्रेलियाको प्रधानमन्त्रीबाट कहिले ऑंउछ भन्ने प्रश्नको जवाफ अव हामीले खोज्नुपर्ने बेला आएको बतॉंउदै
नेपालीको नाम अस्तित्वनै हराएको छ यसका लागी हाम्रो पहल अत्यावस्यक रहेको बताउनुभएको छ ।

अष्ट्रेलियामा नेपाली चिनाउन अत्यावस्यक रहेको हुनाले पहिलोचोटि अष्ट्रेलियामा फ़ायर वर्क्स सहितको नयॉं बर्ष मनाउने योजना समाजले बनाएको बतॉंउदै अध्यक्ष मल्लले सबै संघ सस्थाबाट सहयोग आयो भने एकदिन अवस्य अष्ट्रेलियाले नेपाल चिन्ने बिश्वास गर्नुभएको छ । हामीले यो कार्यक्रमलाइ सफल बनाउन सक्यौं भने अवको अष्ट्रेलियाको प्रधानमत्रीबाट पनि नेपाली चाडपर्व र नयॉं बर्षमा शुभकामना आउला भन्ने आशा छ । कुराकानिकै क्रममा अध्यक्ष मल्ले हामी अंग्रेज़ी बर्ष भन्दा ५५ बर्ष अघि रहेर पनि हाम्रो इतिहास पछि परेको हुनाले पनि यो सबैलाइ बुझाउन जरुरी रहेको कुरा बताउनु भयो ।

119ECF82-7E62-4928-B856-5FA84A89FA9C-819x1024 अष्ट्रेलियामा आतिशबाजी सहित नेपाली नयॉं बर्ष मनाइदै ।

यो चुनौतिलाइ अवसरमा बदल्नका लागी अष्ट्रेलियामा रहेका सबै नेपालीहरुलाइ अनुरोध गर्दै सबैलाइ सनातन समाजको सदस्यता लिएर संस्थालाइ सहयोग गरिदिन पनि अनुरोध गर्नुभएको छ । आतासबाजी (फायरवर्क) सहितको नयॉं बर्ष अष्ट्रलियामा पहिलो पटक हुन लागेको हुनाले पनि सबैजनालाइ उपस्थित भएर कार्यक्रम सफल बनाइदिन अध्यक्ष मल्ले अनुरोध गर्नुभएको छ । उहॉंले नेपालीहरुकै स्वामित्वमा रहने गरि हिन्दु मन्दिर बनाउने तर्फ पनि संस्थाको पहल भैरहेको कुरा बताउनु भएको छ । यसका लागी क्यानबेराका अन्य समाजसेवीहरु पनि लागीरहनुभएको र छिट्टै सम्भव हुन सक्ने आशा मल्लले ब्यक्त गर्नुभएको छ ।

कार्यक्रम १४ अप्रिल २०२२ बिहिबारका दिन लिनक्स गार्डेन यारालुम्लामा दिनको ३ बजेदेखि हुनेछ । कार्यक्रममा फुड स्टल, लाइभ म्यूजिक, डिजे र नेपाल चिनाउने सामाग्रीहरु रहनेछ भने कार्यक्रमको मुख्य प्रायोजक आर के होम लोन्स रहेको छ ।

Total Page Visits: - Today Page Visits:
Shares