युवा पुस्ताहरुलाइ लक्षित गरेर पर्थमा ठमेल नाइट कार्यक्रम राखिएको छ । बिशेष गरेर कोभिडले गर्दा बाहिर निस्केर मनोरन्जन गर्न नपाएका दर्शकहरु यतिबेला रमाइलो गर्ने माहौलमा छन् त्यसैले पनि मानसिक र शारिरिक थकान मेटाउनका लागी यस्ता कार्यक्रमहरु आवस्यक छन् ।
सेफ्लार द्वारा प्रस्तुत गरिएको ठमेल नाइट १२ मा स्थानिय कलाकारहरुको बिशेष प्रस्तुति रहने छ । अशेष भट्टराइ, आशिष अधिकारी र चिरागको प्रस्तुति रहने कार्यक्रममा पवन, सान्दाइले थप मनोरन्जन दिने कुरा आयोजकले जनाएको छ ।कार्यक्रमलाइ अल्टिट्यूड केयर र क्यापिटल क्यू ले प्रायोजन गरेका छन् भने ओपन भीजन इन्टरनेसनल एजुकेशन सेन्टर र यूवाको सहयोग रहेको छ । कार्यक्रमको टिकट $२५ रहेको छ भने १८ बर्ष भन्दा माथिका उमेर समुहले मात्र कार्यक्रममा प्रवेश पाउने छन् ।
२६ जुन आइतबारका दिन प्यारामाउन्ट नाइट क्लव नर्थब्रिजमा हुने कार्यक्रम रातको ९ बजे सुरु हुनेछ । आयोजकले पर्थबासी सबैलाइ कार्यक्रममा आएर रमाइलो गर्न अनुरोध गरेको छ ।
![[Tags] yH5BAEKAAEALAAAAAABAAEAAAICTAEAOw== ठमेल नाइटमा नाच्ने पालो पर्थको ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/06/9D3FE8DA-3B04-44A2-893F-3F59B2987543.jpeg?fit=408%2C640&ssl=1)
![[Tags] yH5BAEKAAEALAAAAAABAAEAAAICTAEAOw== ठमेल नाइटमा नाच्ने पालो पर्थको ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/06/9DB10CD1-CB58-4AF7-9FE2-F0D684369F64.jpeg?fit=498%2C640&ssl=1)