अस्ट्रेलिया भ्रमणमा रहेको नेपालको रक्स मूजिकमा चर्चित बाण्ड रबिन एण्ड दि रिभोलुसनले क्यानबेरामा मज्जाले दर्शक नचायो । हिजो बेलुका क़रीब ८ बजेबाट सुरु भएको कार्यक्रममा नेपाली यूबापुस्ताहरु सहित क्यानबेरियनहरु पनि संगीतमा लठ्ठ देखिए । बिरालो र क्रोनिक ब्याण्डवे पनि यूबापुस्तालाइ नचाएको थियो ।

9A9543AB-C130-4C1A-A3CA-8789FAF354AA-1024x766 रबिन एण्ड दि रिभोलुसनको रक्स म्यूजिकमा यूवाहरु मस्त ।

रबिन एण्ड दि रिभोलुसनका मुख्य गायक रबिन तामागंले गीत गाउन माइक समातेपछि दर्शकहरु खुसीले हुटिंग गरिरहेका थिए । तामागंले बिचबिचमा आफनो ब्याण्ड स्थापना र अहिले सम्मको अवस्थाको बारेमा चर्चा गर्दै आफना केटा–केटी, दम मरो दम, चिसोचिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिवजी, जति माया लाएपानी लगायतका चर्चित गीत गाउनुभएको थियो । कार्यक्रमको बिच बिचमा डिजे संगीतले माहोल थप रोमान्चक बनाएको थियो ।

9A9543AB-C130-4C1A-A3CA-8789FAF354AA-1024x766 रबिन एण्ड दि रिभोलुसनको रक्स म्यूजिकमा यूवाहरु मस्त ।

कार्यक्रम हिजो अर्थात जुन १२ आइतबारका दिन दि बेसमेन्ट क्यानबेरामा बेलुकी ८ बजेदेखि ११ बजे सम्म चलेको थियो । कार्यक्रमलाइ दि फन्नि मसरुम, एसिटि माइग्रेसन सर्भिस, मिड सिटि कलेज र यात्री हाउस अफ इभेन्ट्सले प्रस्तुत गरेका थिए भने प्रायोजकहरुमा एसएण्डएस एकाउन्टिंग एण्ड बिजनेस सर्भिस, एजे कम्प्लिट सलुसन, जेमिसन टेकवे रहेका थिए । कार्यक्रममा झण्डै ५०० यूबाहरुको सहभागीता रहेको थियो ।

9A9543AB-C130-4C1A-A3CA-8789FAF354AA-1024x766 रबिन एण्ड दि रिभोलुसनको रक्स म्यूजिकमा यूवाहरु मस्त ।
9A9543AB-C130-4C1A-A3CA-8789FAF354AA-1024x766 रबिन एण्ड दि रिभोलुसनको रक्स म्यूजिकमा यूवाहरु मस्त ।

Total Page Visits: - Today Page Visits:
Shares