बिविध जातजाती, भाषा र संस्कृतिका धनी हामी नेपालीहरु जहॉं रहे पनि जता गएं पनि आफनो संस्कृति फैलाउने क्रम बढ्दो छ । बिदेशको ब्यस्त जीवनका बावजूद कार्यक्रम गर्न सक्नु र मनाउन सक्नु पनि सजिलो छैन । यस्तै चाड पर्व मनाउने क्रममा अष्ट्रेलियाको राजधानी क्यानबेरामा २८५९ औं सोनार ल्होसार मनाइएको छ । यसबर्षबाट खरायो बर्गमा प्रबेश गरेको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा मनाइयो २८५९ औं सोनाम ल्होसार ।
https://successedu.com.au/

कार्यक्रममा २५० जना भन्दा बढि संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको संयोजक ठाकुर सिंह घिसिगं रहनुभएको थियो भने अध्यक्ष राजु तामागं रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम कैलाशराज पोखरेलले बिदेशमा रहेर पनि आफनो भाषा संस्कृतिप्रतिको लगाव देख्दा आफुलाइ खुसी लागेको बताउनुभएको थियो । कार्यक्रममा पोखरेलले धर्मपत्नी बसुधा नेपाल पोखरेल सहित लिवरल सदस्य पिटर चेन, दिपकराज गुप्ता, सिड्नीबाट काउन्सिलर भद्र वाइवा, फेन्काबाट डा कृष्ण हमाल, तामागं सोसाइटि एनएसडब्लु का संस्थापक गणेश तामागं, तामागं सोसाइटि एनएसडब्लुका समापति सुन्दरजी तामागं, जसपा पोलिट ब्यूरो सदस्य तारा बिके, एनआरएनए एसिटि संयोजक अशोक बस्नेत, तमु समाज क्यानबेराका अध्यक्ष राजेश गुरुगं, एएनएफएसका अध्यक्ष आशिष देवकोटा, कला संस्कृतिका अध्यक्ष दीपक हमाल र तामागं घेदुगंका संस्थापक नारायण तामागंको उपस्थिति रहेको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा मनाइयो २८५९ औं सोनाम ल्होसार ।
E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा मनाइयो २८५९ औं सोनाम ल्होसार ।

कार्यक्रममा कलाकार द्वय दिल तामागं र समिर लामाले गीत संगीतबाट मनोरन्जन प्रदान गर्नुभएको थियो भने कार्यक्रम संचालन डोमा लामाले गर्नुभएको थियो । कार्यक्रममा सांस्कृतिक नृत्य सहित भब्य रहेको संस्थापक कर्मा लामाले मेरो कपुरी कलाइ बताउनुभएको थियो । कार्यक्रम ह्वाइट इगल पोलिस क्लव टर्नरमा भएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा मनाइयो २८५९ औं सोनाम ल्होसार ।
E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा मनाइयो २८५९ औं सोनाम ल्होसार ।

Total Page Visits: 922 - Today Page Visits: 1
Shares