क्यानबेराबाट खेल्दै आएको क्लव नेपाल यूनाइटेडले अन्तत अष्ट्रेलियाको सिड्नीमा भएको एक्पर्ट कप फुटबलको उपाधि जितेको छ। तामाङ रिक्रेयसनल क्लबको आयोजनामा आइतबार सम्पन्न फाइनलमा सिड्नीको माछापुच्छ्रे फुटबल क्लबलाई ४-० गोल अन्तरमा हराउँदै क्यानबेराको नेपाल युनाइटेडले उपाधि उचालेको हो।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपाल यूनाइटेडले जीत्यो फुटवलको उपाधि ।
https://successedu.com.au/

नेपाल युनाइटेडले उपाधि उचाल्ने तीन हजार डलर नगद र ट्रफी तथा पदक पाएको छ। नेपालका राष्ट्रिय टोलीका खेलाडीसहित उत्रिएको नेपाल युनाइटेडले वर्षाले प्रभावित फाइनलमा एकतर्फी खेल खेल्दै प्रतिद्धन्द्धी माछापुच्छ्रेमाथि सहज जित निकालेको हो।
युनाइडेडको जितमा कप्तान विवेक गुरूङले २ तथा विमल राना र रूपक लामाले १-१ गोल गर्नुभएको हो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपाल यूनाइटेडले जीत्यो फुटवलको उपाधि ।

नेपालका राष्ट्रिय खेलाडी हेमन थापा मगरलाइ भर्खरै आएर खेल खेल्नै पित्तियाँ उत्कृष्ट खेलाडीको उपाधीले घोषीत गरेको हो ।
यस्तै उत्कृष्ट गोलरक्षकमा नेपाल युनाइटेडकै अनिष मैनाली हुनुभएको छ । प्रतियोगिता भरि ८ गोल गरेर सर्वाधिक गोलकर्ताको उपाधि पनि नेपाल युनाइटेडका कप्तान विवेक गुरूङले जित्नुभएको हो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपाल यूनाइटेडले जीत्यो फुटवलको उपाधि ।

प्रतिगोगिताका विजयी खेलाडीलाई पुरस्कार प्रदान मुख्य प्रायोजक एक्सपर्ट एजुकेशनका प्रमुख सन्जिव शर्माले गर्नुभएको थियो भने नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष तथा वरिष्ट प्रशिक्षक उदय कुमार श्रेष्ठले दोस्रो हुने टिमलाई उपाधि प्रदान गर्नुभएको थियो । प्रतियोगिताका विजेता खेलाडीलाई अष्ट्रेलियन नेप्लीज फुटबल संघका प्रशिक्षक मिलन थापा एन्फाका प्रशिक्षक, प्रतियोगिता संयोजक विजय लामा, क्लबका अध्यक्ष अनिल तामाङलगायतले पदक तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो । प्रतियोगिता सेमिफाइनसम्म दश-दश मिनेटगरी बीस मिनेट र फाइनल तीस मिनेटको खेलाइएको थियो।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपाल यूनाइटेडले जीत्यो फुटवलको उपाधि ।

Total Page Visits: 847 - Today Page Visits: 1
Shares