IMG_9828-150x150 बनभोजको रमाइलोमा मिसियो बुवाआमाहरुको दोहोरी ।

लामो समयको प्रतिभा पछि एनआरएनए क्यानबेराले गरेको बनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपालबाट अष्ट्रेलियाको राजधानी क्यानबेरा क्षेत्रमा रहनुभएका अभिभावकहरुका लागी बनभोज बिशेष कार्यक्रम भएको हो । एनआरएनएको सिग्नेचर अभियानको रुपमा रहेको कार्यक्रममा ५०० भन्दा बढि बुवा आमाहरुको सहभागीता रहेको थियो ।

IMG_9828-150x150 बनभोजको रमाइलोमा मिसियो बुवाआमाहरुको दोहोरी ।

क्यानबेराको Black Mountain Peninsula मा मे २५ मे २०२४ सनिबारका दिन भएको बनभोजमा एनआरएनए एसिटिका संयोजक बिक्रम सुबेदिले कार्यक्रम संचालन गर्दै सबैलाइ स्वागत गर्नुभएको थियो । त्यस्तै यज्ञ अधिकारीले अभिवावकको पुस्तकवाट कविता बाचन गर्नुभएको थियो ।

IMG_9828-150x150 बनभोजको रमाइलोमा मिसियो बुवाआमाहरुको दोहोरी ।

यस बनभोजको मुख्य उद्देश्य भनेको बुवा आमाहरुबिच सम्वन्ध बिस्तार गर्ने रहेको छ र बनभोजमा बिभिन्न रमाइला कार्यक्रम पनि रहने हुदा बुवा आमाहरुको मानसिक र शारिरिक स्वास्थ्य समेत प्रभाव पार्ने बताउदैं बुवा आमाहरुलाइ अष्ट्रेलियामा बसोबास गर्दा पर्ने समस्याका बारेमा जानकारी दिने उदेश्य पनि रहेको पनि संयोजक सुबेदिले मेरो कपुरी क लाइ जानकारी दिनुभएको हो ।

IMG_9828-150x150 बनभोजको रमाइलोमा मिसियो बुवाआमाहरुको दोहोरी ।

कार्यक्रममा बनभोजका लागी बिभिन्न क्षेत्रवाद रहनुभएका प्रतिनिधिहरुलाइ आफना अनुभव साट्न अनुरोध गरिएको थियो । बनभोज कार्यक्रम बुवा आमाहरुले नाचगान गरि रमाइलो गर्नुभएको थियो । भजन टोलिबाट पनि भजन गायनबाट रमाइलो भएको थियो । कार्यक्रममा स्वयंसेवकहरुले खाना बनाउने र खाना दिन बुवा आमाहरुलाइ सहयोग गरिनुभएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि र ब्यक्तित्वहरुको सहभागीता रहेको थियो । सबै सहयोगी संघ संस्था र ब्यक्तिहरुलाइ संयोजक सुबेदिले धन्यवाद ब्यक्त गर्नुभएको छ ।

IMG_9828-150x150 बनभोजको रमाइलोमा मिसियो बुवाआमाहरुको दोहोरी । IMG_9828-150x150 बनभोजको रमाइलोमा मिसियो बुवाआमाहरुको दोहोरी । IMG_9828-150x150 बनभोजको रमाइलोमा मिसियो बुवाआमाहरुको दोहोरी ।

Total Page Visits: - Today Page Visits:
Shares