क्यानबेराकै पुरानो संस्था अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिको साधारण समा सम्पन्न भएको छ । यसपटकको साधारण सभाले नयॉं कार्यसमिति पनि चयन गरेको छ । मे २६ आइतबारका दिन होल्ट नेवरहुड हलमा सम्पन्न साधारण सभा सम्पन्न भएको थियो ।
प्रजातांत्रिक पकाया अनुसार निर्वाचन समितिले सूचना प्रकाशन गरि बिभिन्न पदका लागी आवेदन दर्ताका लागी सूचना प्रकाशन गरिए अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिवमा एक एक जनाको नाम दर्ता भएको थियो भने कोषाध्यक्षमा कसैको पनि नाम दर्ता नभएपछि साधारण सभाले चयन गरेको थियो । पब्लिक अफिसर र सदस्यहरुको भने निर्वाचन भएको थियो । निर्वाचन समितिको संयोजक चुडामणी सापकोटा रहनुभएको छियो भने सदस्यहरुमा आदर्शजंग पाण्डे र आशिष सापकोटा रहनुभएको थियो । साधारण सभाले संस्थालाइ लामो समय सम्म योगदान गरेवापत सम्मान गरेको थियो ।
नव निर्वाचित अध्यक्ष निरज गौलीले मेरो कपुरी क संगको कुराकानीमा अध्यक्ष पदमा बिजयी गराउन सहयोग गर्ने सबैलाइ धन्यवाद ब्यक्त गर्नुभएको छ । साथै आफना सहयोगी स-परिवारलाइ पनि धन्यवाद दिदै आफुले पहिला पनि जिम्मेबारी पूर्वक काम गरेको र अव झनै बिशेष योजना लिएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
नयॉं निर्वाचित कार्यसमिति २०२४-२६ का लागी निम्नानुसार चयन भएको छ ।
![[Tags] IMG_9828-150x150 निरज गौलीको नेतृत्वमा एएनएफएसमा नयॉं कार्यसमिति चयन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/05/IMG_3205.jpeg?resize=640%2C800&ssl=1)
![[Tags] IMG_9828-150x150 निरज गौलीको नेतृत्वमा एएनएफएसमा नयॉं कार्यसमिति चयन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/05/e7fa8c68-e6a8-48b0-97b2-77fb7663b3ed.jpeg?resize=640%2C323&ssl=1)
![[Tags] IMG_9828-150x150 निरज गौलीको नेतृत्वमा एएनएफएसमा नयॉं कार्यसमिति चयन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/03/IMG_9828.jpeg?resize=150%2C150&ssl=1)