IMG_9828-300x300 पहिलो नेपाली महिला स्नेहलता केसी अष्ट्रेलियाको चुनावमा : नेपाली समाजको भूमिका अपरिहार्य ।

अष्ट्रेलियाको क्यापितल टेरटोरी प्रान्तमा हुन गइरहेको प्रान्तीय चुनावमा नेपालकी चेली स्नेहलता केसीले  चुनाव लड्ने हुनुभएको छ । उहॉंले यहॉं हुने निर्वाचनमा प्रदेश सभा पदका लागि आफ्नो उम्मेदवारी दिन लाग्नुभएको हो । सानै देखी वृद्धबृद्धाहरु र मानाब सेवा भनेपछि भुतुक्कै हुने स्नेहाको जेरियान्ट्रीक नर्सिङमा चासो रहेको छ ।

IMG_9828-300x300 पहिलो नेपाली महिला स्नेहलता केसी अष्ट्रेलियाको चुनावमा : नेपाली समाजको भूमिका अपरिहार्य ।

स्नेहालाई एक सभामा अरु प्रतिसपर्धी बीच ७ मिनेट भाषण गर्न लगाइएको थियो । उहॉंले अन्य प्रतिस्पर्धीको भन्दा उत्कृष्ट भाषण दिएपछि सबै चकित समेत भएका थिए। स्नेहाले त्यहाँकै भाषामा आफ्नो उत्कृष्ट अभिव्यक्ति दिदै सबैको ध्यान आफुतीर केन्द्रित गर्नुभएको हो । उहॉंले संगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य ३ जना प्रतिद्वन्द्वी भन्दा रोचक र समसामयिक भाषण गरेपछि उहॉंको अभिव्यक्ति सबैले रुचाएका थिए । जसमा भोटिङ चेक  पाँच सदस्यीय प्यानलमा तीन द्वारा अन्तरवार्ता संगै पाँच जना जनता बाट प्रश्नउत्तोर कार्यक्रम राखिएको थियो । त्यसका स्थानिय जनताबाट चुनाब लड्नका लागी चुनिनुभएको हो । उहॉंको गर्बिलो अभिव्यक्ति सुनेपछि यहॉंका जनताले उहॉंलाइ चुनाव लड्न अघि सारेका हुन् ।

IMG_9828-300x300 पहिलो नेपाली महिला स्नेहलता केसी अष्ट्रेलियाको चुनावमा : नेपाली समाजको भूमिका अपरिहार्य ।

अष्ट्रेलिया क्यापिटल टेरटोरिमा विगत २३ वर्ष देखी लेबर नामक पार्टी सरकारमा छ । निरन्तर २३ वर्ष सम्म एउटै पार्टीको सरकार भएपनि जनताका आवस्यकता अनुसारको काम नहुँदा जनताहरुमा बितृष्णा छाउदै गएपछि त्यहाँ अहिले नयाँ राजनीति दल स्थापन हुने क्रम जारी छ । जसरी नेपालमा पुराना पार्टी प्रतिको जनताको वितृष्णाले नयाँ राजनीति दल खोलिएका छन् । क्यानबेरा राज्यका जनता पनि पुराना राजनीति दलको विकल्पको रुपमा पुराना राजनीति दलप्रति छाउदै गएको बितृष्णा र निराशाले नयाँ दल प्रती बढ्दो आकर्षण जुन छ।त्यसरी नै त्यहाँ पनि नयाँ विगत २८ वर्ष देखी निरन्तर सरकारको नेतृत्व गरिरहेको लेबर पार्टीको विकल्पको खोजीमा त्यहाँका जनताहरु छन् ।

IMG_9828-300x300 पहिलो नेपाली महिला स्नेहलता केसी अष्ट्रेलियाको चुनावमा : नेपाली समाजको भूमिका अपरिहार्य ।

नेपालको नेपालगन्जमा जन्मनुभएकि स्नेहा २०११ मा अष्ट्रेलिया आउनुभएको हो र उहॉं हाल यहॉंको बासिन्दा हुनुभैसकेको छ ।

स्नेहा नेपालमा हुँदा रजिस्ट्रार्ड नर्सका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहॉंले केहि म्यूजिक भिडियो र बिज्ञापनमा समेत अभिनय गर्नुभएको छ र उहॉं हिमालयन टेलिभिजनसंग आबद्ध हुनुहुन्थ्यो  । उहॉंले यहॉं पनि विभिन्न संग संगठनमा आबद्ध रही बिभिन्न भुमिका निर्वाह गरीसक्नुभएको छ । राजनीतिका मध्यमबाट समाज सेवा गर्नुपर्छ र राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ भन्ने धारणा उनी सानै देखी राख्ने स्नेहा राजनीति निस्वार्थ भावनाले जनताको सेवाका लागी गर्नुपर्छ, राजनीति कुनै पेशा होईन सेवा हो, राजनीति कुनै आयआर्जन र आम्दानीको श्रोत होईन, जीवन भर जनताको सेवक हुन्छु भन्नेले मात्रै राजनीतिमा लाग्नुपर्छ भन्ने मान्यता उहॉंको रहेको छ ।

त्यहाँको स्वास्थ्य अवस्था सुधारका  लागि आफु निर्वाचनमा होमिएको बतॉंउदै ” मलाई पहिला यहाँ आउँदा यो समाज व्यवस्थित  लाग्थ्यो, तर काम गर्दै जाँदा यहाँ  हरेक कुरामा अनियमितता हुने गरेको मैले देखे । म यहीँ ठाउँको बासिन्दा भैसकेपछि यो क्षेत्र सुधार गर्नु मेरो पनि दायित्व  हो भन्ने कुरा महसुस गरे, विशेष गरी यहाँ स्वास्थ्य क्षेत्रको अवस्था भयानक छ, यहाँ स्वास्थ्य सस्थामा धेरै अनियमितता  हुन्छ, मेरो जित भयो भने यो सुधार गर्ने मेरो पहिलो योजना छ”  स्वास्थ्य क्षेत्र सुधार गर्ने उदेश्य सहित निर्वाचनमा हुमिएको बतॉंउदै स्नेहाले “म बिरामी भएर इमर्जेन्सीमा जाँदा  रातभरी कुरेकी छु, यहाँ चिकित्सकको अभावका कारण  बिरामीहरुले सास्ती खेप्दै आएका छन् , उपचारका लागि टाढा जानुपर्ने बाध्यता छ यो जटिल समस्या हटाउनुपर्छ भन्ने मेरो योजना हो” । आफु बस्ने ठाँउको अवस्था परिवर्तन गर्नु सवै नागरिकको कर्तव्य भएकाले आफु चुनाब लड्न लागेको उहॉंको भनाई छ । मानव सेवा गर्नुपर्छ भन्ने उदेश्यले मानव सेवा गर्न सबैभन्दा उपयुक्त यहीँ राजनीति लागेको बतॉंउदै यसमा कुनै भूगोल र नागरिकताले रोक्नु हुँदैन भन्ने उहॉंको धारणा छ ।

अष्ट्रेलियामा ८ वटा प्रान्तहरु छन्  । अष्ट्रेलियान क्यपिटल ट्रेटोरीम  २५ जना  ( MLA ) ले  सरकार बनाउने गरेका छन् । चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बाहेक इन्डिपेन्डेन्स फोर  क्याम्बेरिय, लेबर, लिबरल, ग्रीन्स जस्त अन्य पार्टीहरु छन् ।

छोरीलाई गर्भमा हुँदा समेत विभेद गर्ने पृतिसत्तावादी चिन्तनले ग्रसित नेपाली समाजमा हुर्कनुभएकि स्नेहा भने बिदेशी मुलुका नेतृत्व गर्न चुनावी मौदानमा हुमिनुभएको छ । उहॉंको अष्ट्रेलिया अस्ट्रेलियान प्रान्तमा चुनाब लड्ने पहिलो महिला पनि हुनुहुन्छ ।

IMG_9828-300x300 पहिलो नेपाली महिला स्नेहलता केसी अष्ट्रेलियाको चुनावमा : नेपाली समाजको भूमिका अपरिहार्य ।

Total Page Visits: 1125 - Today Page Visits: 1
Shares