IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ ।

१० बर्षपछि मह जोडीको बिशेष कार्यक्रम मह जात्रा क्यानबेरामा सम्पन्न भएको छ । नेपाली हॉंस्य ब्यंग्य क्षेत्रको बिशेष ब्यक्तित्वहरु महजोडीको नामले चर्चित वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ अन्य कलाकार नरेन्द्र कंसाकार, किरण केसी सहित गायीका कुन्ती मोक्तानले मनोरञ्जन र सांस्कृतिक उत्सवलाई अविस्मरणीय  बनाउनु भएको थियो ।

IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ ।

गायीका कुन्ती मोक्तानले डालि डालिमा, डम्फू, गोठालो जॉंदा लाएको मॉंया गीत गाएर दर्शक नचाउनुभएको थियो । क्यानबेराका हलमा यति ठुलो भिड अहिले सम्मकै ठुलो हो भनेर भन्दा अत्युक्ति नहोला । दर्शकबाट हुटिगं संगै तालिले हल गुन्जयमान भएको थियो । हॉंस्य कलाकार किरण केसीले जेठिलाइ आमैले रोजेको, कुरा मोहनी, पातलीलाइ कसरि बे गरम जस्ता गीत गाएर रमाइलो बनाउदै कविता सुनाउनुभएको थियो ।

IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ ।

बरिष्ठ कलाकार हरिबशं आचार्यको मम मन्त्रालयको मन्रीले राजनैतिक र सामाजिक ब्यग्यं संगै सहकारी ठग हरुलाइ झटारो मज्जाले झटारो हानेको थियो । नेताहरुलाइ  दर्हो झापडका साथै लिपुलेक मिचेको चिन्ता समेत ब्यग्यंमा झल्किएको थियो ।

अर्का बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्टेजमा आएर सबैलाइ धन्यवाद दिने बित्तिकै वी लभ मदन दाइ” “वी लभ मदन दाइ” भनेर हल गुन्जयमान भएको थियो । उमेर अनुसार रोगले थिचेपछि गार्हो हुने रहेछ । तर जिवनमा रोकिनु हुदैन भन्ने सन्देश दिदैं केहि जोकहरु सुनाएर रमाइलो गर्नुभएको थियो । मदन दाइले आफना गीतहरु अरबौं मान्छेहरुहरुमा तिमि एक मिल्ने मान्छे । खोला वारी खोला पारी पिपलु र बर । एउटा सपना छ तिमिलाइ मॉंया गर्ने  । फुलबुट्टे सारि जस्ता चर्चित गीतहरु गाउनु भएको थियो । ७४ बर्षको उमेरमा शारिरिक अस्वस्थ्ता हुदा हुदै पनि गीत गाए सुनाउने प्रयास सर्हाहनिय थियो ।

नरेन्द्र कंशाकार र हरिबंश आचार्यको प्रहसन – बुलेट प्लेन चलाउने ड्राइभरको प्रहनमा राजनितिक कटाक्ष । पैसाका लागी जे पनि गर्ने बारेको रोचक तथा घोचक रुपमा प्रस्तुत गर्नुभएको थियो । बुढाहपुले चलाएर बिग्रेको देश नेपाल भन्दै संयुक्त प्रहसनले  देशको वर्तमान परिस्थितिमा हुने लुट तन्त्रबारे र जनताले भोग्नुपरेका समस्याका बारेमा चित्रण गरिएको थियो । अस्पतालले आमसर्वसाधारणहरुलाइ दिने आर्थिक र मानसिक तनावका बारेमा पनि प्रहसन केन्द्रित थियो ।

IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ ।

क्यानबेराको केन्द्रमा रहेको अल्वर्ट हलमा आयोजना भएको थियो । कार्यक्रमलाइ JHYOJYO ALE BROTHERS ले क्यानबेरा प्रदर्शनको जिम्मा लिएको थियो भने मु्ख्य प्रायोजकको रुपमा ACT Migration Service र Mid City Collegeरहेका छन् । कार्यक्रमको powered by Sunny Homes रहेको छ भने Platinum Sponsor ABM Homes रहेको छ । Gold

sponsor 909 IT Solution and IMMENSE Visa and education रहेको छ भने silver sponsor PROFESSIONAL Visa and Education service रहेका थिए ।

कार्यक्रम २९ मे बुधबारका दिन अल्बर्ट हल क्यानबेरामा सॉंझ ६ बजेबाट १० बजेसम्म भएको थियो । कार्यक्रममा सबैलाइ खानाको ब्यवस्था गरिएको थियो भने सबै सहयोगी संघ संस्थाहरनलाइ आयोजक संस्था मॉंयाको चिनो प्रदान गरेको थियो । नेपालका बरिष्ठ कलाकारहरुलाइ बोलाएर यति ठुलो कार्यक्रम गर्न प्रयास गरेकोमा आयोजकलाइ सबैले धन्यवाद दिएका थिए । सबै सहयोगी संघ संस्था र ब्यक्तिगरुलाइ आयोजक संस्थाका अध्यक्ष कक्मा लामाले धन्यवाद ब्यक्त गर्नुभएको छ ।

IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ । IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ । IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ । IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ । IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ । IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ । IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ । IMG_9828-150x150 हरिबंश हाइ हाइ । वी लभ यू मदन दाइ ।

Total Page Visits: 609 - Today Page Visits: 1
Shares