अष्ट्रेलियाको राजधानी क्यानबेरामा तीजको लहर आउन सुरु भएको छ । जहॉं जहॉं नेपाली पुगेका छन् त्यहॉं त्यहॉं आफनो संस्कृति मनाउने क्रम चलिरहेकै छ । नेपालबाट कलाकार बोलाएर होस या स्थानिय कलाकारलाइ संझेर होस जे होस कलाकारसंग चाड पर्व चलिरहेकै छन् । यस बर्ष पनि गायीका सिन्धु मल्ल र अन्जिला रेग्मीसंग क्यानेबराले तिज मनाउने भएको छ ।
अष्ट्रेलिया नेपलिज फ्रेण्डसिप सोसाइटिको आयोजनामा हुन लागेको तीज कार्यक्रमलाइ एनआरएनए एसिटि, हाम्रो पाठशाला र नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा गरिने पारिवारिक तीज कार्यक्रममा सहभागी हुनका लागी एएनएफएसका सदस्यहरुले प्रबेश शुल्क बापत प्रति ब्यक्ति $५ तिर्नुपर्ने छ भने सदस्य नहुनेहरुले प्रति ब्यक्ति $१० तोकिएको छ । कार्यक्रममा ५ बर्ष भन्दा साना बाल बालिकाहरुलाइ निशुल्क प्रबेशको ब्यवस्था गरिएको छ ।
Contact for advertisement: 0449944705
कार्यक्रम ३० अगष्ट २०२४ शुक्रबार दिन सॉंझ ५ बजेबाट अल्वर्ट हल क्यानबेरा सिटिमा हुनेछ । आयोजक संस्था एएनएफएसका अध्यक्ष निरज गौलीले पाठशालाका बाल बालिकाहरु सहित हाम्रा दोस्रो पुस्ताहरु जो यहॉं हुर्किरहेका छन् उनिहरुलाइ हाम्रो कला संस्कृति र भाषाको बारेमा पनि केहि सिकुन भन्ने उद्देश्य रहेको र त्यसैलाइ जोड्ने कोशिस गरेको जानकारी दिनुभयो । उहॉंले कार्यक्रममा स्थानिय प्रस्तुति पनि रहने जानकारी दिनुभएको छ । कार्यक्रममा गायीका द्वय मल्ल र रेग्मी सहित डिजे पिसले सबैलाइ नचाउने प्रयास गर्नुहुने छ ।
अध्यक्ष गौलीले एएनएफएसको कार्यक्रम भनेको हामी नेपाली समाजको कार्यक्रम हो । यो संस्था भनेको हामी सबैको हो त्यसैले आफनो संस्थाको कार्यक्रममा सहभागी भएर रमाइलो गरिदिनुहुन क्यानबेरा तथा क्विनबियन बासी सम्पूर्ण नेपालीजनलाइ अनुरोध गर्नुभएको छ । कार्यक्रम यहि आउने शुक्रबार अगष्ट ३० २०२४ का दिन अल्वर्ट हल क्यानबेरामा हुनेछ ।
![[Tags] IMG_9828-300x300 तीजको लहर आयो बरिलै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/08/IMG_4702.jpeg?resize=640%2C619&ssl=1)
![[Tags] IMG_9828-300x300 तीजको लहर आयो बरिलै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/08/IMG_9828.jpeg?resize=300%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 तीजको लहर आयो बरिलै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)