IMG_7142 “नेपथ्य” छुट्यो भने नेपाल छुटे जस्तो ।

नेपालको चर्चित सॉंगीतिक ब्याण्ड नेपथ्यले दोस्रो पटक अष्ट्रेलियाको राजधानी क्यानबेरामा सांगीतिक यात्रा गर्ने भएको छ। नेपथ्यले गत बर्ष पनि भब्य कन्सर्ट गरेको हुनाले र सबैजनाको चाहना अरु छुरे केहि भएन नेपथ्य छुट्नु हुदैन भन्ने छ त्यसैले फेरि क्यानबेरा ल्याउन लागेका हौं आयोजक प्रदिप पाठकले बताउनुभयो  । नेपथ्यले आगामी मार्च ३ मा क्यानबेराको नेसनल कन्भेन्सन सेन्टरमा कन्सर्ट गर्न लागेको हो ।

हाल क्यानबेरामा झण्डै १० हजार नेपालीहरुको बसोबास रहेको आकंलन छ त्यसभध्ये यूवा पुस्ताको जमात अझै धेरै छ । नेपथ्य यूवा पुस्ताको सहित सबै नेपालीहरुको रोजाइ भएको हुनाले पनि नेपालीहरु खचाखच भरिने बिश्वास आयोजकको छ । पहिले भन्दा राम्रो हल, गुणस्तरिय संगीत सिष्टम र ब्यवस्थित आयोजना भएको छ त्यसैले पनि सबै क्यानबेरा, क्विनबियन तथा वरपर क्षेत्रका नेपालीहरु आउने अपेक्षा रहेको प्रदिप पाठकको रहेको छ । हामीले नेपथ्य र अमृत गुरुङजस्ता श्रष्टाहरूको सम्मानमा पनि आयोजनास्थल भव्य हुनुपर्छ भन्ने मान्यताका साथ नेसनल कन्भेन्सन सेन्टरलाई रोजेका हौँ,” पाठकले बताउनुभयो । नेपथ्य भनेको आम नेपालीहरुको मुटुमा बस्न सफल ब्याण्ड भएको हुनाले दर्शकहरु थामीनसक्नु भीड हुने कुरामा दुइमत नभएको कुरा पाठकले बताउनुभयो ।

IMG_7142 “नेपथ्य” छुट्यो भने नेपाल छुटे जस्तो ।

क्विनबियन र क्यानबेराका नेपालीहरुले नेपथ्यलाइ भब्य स्वागत गर्नुहुनेछ भन्ने कुरामा आशाबादी रहेको कुरा आयोजक अभिषेक अधिकारीले हामीलाइ बताउनुभएको हो । सॉंच्चैनै नेपथ्य ब्याण्ड मात्रै नभएर आम नेपालीहरुको सॉंगितिक धड्कन पनि हो त्यसैले संगीतले मन धड्काउन छिट्टै आम नेपालीहरु एकै ठॉंउमा हुनेमा आयोजक ढुक्क रहेको छ । कन्सर्ट आगामी २ मार्चका दिन national convention centre मा सॉंझ ६ बजेबाट हुनेछ । कार्यक्रम TRN Events ले गर्न लागेको हो ।

कार्यक्रम :

Date : 3 March 2025

Time : ६ pm

Location : National Convention Centre

https://premier.ticketek.com.au/shows/show.aspx?sh=NEPLIVEC25&fbclid=IwZXh0bgNhZW0CMTEAAR0_odqFVIvTl1ae7tYC93UYmFnWt461NNniFl8wvhkusYzFNWA4OM6-e24_aem_14dYFi2G7hdF-FPVaU6mUg

IMG_7142 “नेपथ्य” छुट्यो भने नेपाल छुटे जस्तो ।

Total Page Visits: - Today Page Visits:
Shares