भलिवल भन्ने बित्तिकै हामी संझन्छौं हाम्रो राष्ट्रिय खेल । पछिल्लो समयमा नेपालमा मात्रै नभइ नेपाली रहेका अन्य देशहरुमा पनि भलिवल खेलको भब्य प्रतियोगिता भइरहेका छन् । बाग्लुगं समाज अष्ट्रेलियाको आयोजनामा नेपाली नयॉं बर्ष २०८२ को अवसर पारेर भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता सिड्नीमा सिड्निको लिडकम स्थित ओवर्न बास्केटवल सेन्टरमा २० अप्रिलका दिन बिहान ८ बजेबाट तेस्रो गल्कोट कप पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरस्कार राशि पहिलो हुने टिमलाइ $३५३५ रनिगं ट्रफि, मेडल र सर्टिफिकेट हुनेछ भने दोस्रो हुने टिमले $२०२० सहित ट्रफि, मेडल र सर्टिफिकेट पाउनेछन् ।यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ सय अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत विधामा उत्कृष्टहरु स्पाइकर, सेटर, ब्लकर, लिवेरो, सर्भर र प्रशिक्षकले समान ५० अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा राष्ट्रिय टोलीका पूर्व कप्तान मान बहादुर श्रेष्ठसँगै टेक राज अवस्थी, विशाल बिक, हेमन्त बहादुर मल्ल, राजेन्द्र विष्ट र दिल बहादुर सुनार लगायतको उत्कृष्ट खेल कौशल हेर्न पाइनेछ । पछिल्लो समय सिड्नीमा रहेका नेपाली समुदायबीच नेपालको राष्ट्रिय खेल भलिबलको निकै लोकप्रियता बढ्दै गइरहेको छ । राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरुको आगमनले यहाँको भलिबलको प्रतिस्पर्धा माथिल्लो स्तरमा पुगेको छ ।
प्रतियोगितालाई बिएनबी होम लोनले मुख्य प्रायोजन गरेको छ । नमस्ते ज्वेलर्स र एएलडी कर्पोरेट पावरवाईमा रहेका छन् । प्लाटिनम प्रायोजकमा एभरेस्ट ग्लोबल एजुकेशन एण्ड भिजा सर्भिसेस र श्रीजन मल्ल र उनको परिवार रहेको छ । गोल्ड स्पोन्सरमा इम्पाएर र हाम्रो रेमिट रहेका छन् । गोल्ड स्पोन्सरमा इम्पाएर होम एण्ड कन्स्ट्रक्सन र हाम्रो रेमिट रहेका छन् । व्यक्तिगत विधाको प्रायोजकमा अर्जुन केसी (एडभोकेट कि कन्भेन्सिङ तथा सहयोगीमा दा भिन्ची ट्राभल्स, युनिक होम्स, ग्लोबल कन्सल्ट, हीरा ल्यान्डस्केपिङ एण्ड डेकिङ सर्भिस, एभरेस्ट तन्दुरी फङ्सन सेन्टर, ब्रन्च क्याफे एण्ड ग्रिल, विजे पल (रेन एण्ड होम्स), डि वाई बट्चर सप, राजेश केसी (फ्लेभर्स अफ नेपाल) र ओल्ड दरवार नेप्लिज रेष्ट्ररेन्ट एण्ड लज रहेका छन् ।
अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) ले भलिबल प्रतियोगिता आयोजनासँगै सामाजिक कार्यहरुमा आपनो सहभागीता जनाउदै आइरहेको छ ।
![[Tags] IMG_7142 सिड्निमा बाग्लुगं समाजद्वारा भलिवल प्रतियोगीता आयोजना हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/04/IMG_9759.jpeg?resize=640%2C1138&ssl=1)
![[Tags] IMG_7142 सिड्निमा बाग्लुगं समाजद्वारा भलिवल प्रतियोगीता आयोजना हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C62&ssl=1)