सिड्नी । अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एशोसिएसन ( एन्जा ) को आयोजनामा “मिडिया र समुदाय” विषयक अन्तरक्रिया कार्यक्रम जुन २७ तारिक शुक्रबार सिड्नीको इन्द्रेणी फङसन सेन्टरमा सम्पन्न भएको छ।
कार्यक्रममा सञ्चार र समुदाय बीचको सम्बन्ध, पत्रकारिताको भूमिका, चुनौतीहरू र आगामी सम्भावनाका बारेमा विविध कोणबाट छलफल गरिएको थियो। छलफलमा पत्रकारितामा विश्वसनीयता र उत्तरदायित्व, अनलाइन मिडिया र प्रविधिको प्रयोग, समुदायसँग सञ्चार माध्यमको सम्बन्ध र सामाजिक प्रभाव, प्रवासी नेपालीको आवाज अभिव्यक्तिमा मिडियाको भूमिका, मिडिया–समुदाय सहकार्यका सम्भावना र चुनौतीहरू बिषयमा बहस भएको थियो ।
कार्यक्रममा अष्ट्रेलियाली समुदायका अगुवाहरु NRNA अभियानका अभियन्ताहरु लगायत बिभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले प्रवासमा सञ्चारमाध्यम र बहुसांस्कृतिक समुदायहरूबीच अझ सशक्त सम्बन्ध निर्माण गर्न सकिने सुझाबहरु समेत दिएका थिए ।
![]()
प्यानलमा सहभागी पत्रकारहरुमा एन्जा अध्यक्ष कृष्ण तिवारी एन्जा संरक्षक चिरञ्जीवी देवकोटा एन्जा संस्थापक अध्यक्ष हेमन्त काफ्ले एन्जा पूर्व अध्यक्ष ऋषि आचार्य तथा समुदायका अगुवा एब एनआरएनएका अभियन्ता अन्तर्राष्ट्रिय समन्वय परिषद आईसीसीका उपाध्यक्ष डा. विनोद श्रेष्ठ, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन के.सी रहेका थिए । कार्यक्रममा सहभागीहरूबाट प्रत्यक्ष रूपमा उठाइएका जिज्ञासाहरूमा वक्ताहरूले जवाफ दिएका थिए। सहभागीहरुले प्यानलमा प्रश्नहरू राखी प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए ।
![[Tags] IMG_7142-1024x100 “मिडिया र समुदाय” समस्या र समाधान अन्तरक्रिया सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/04/IMG_9766.jpg?resize=300%2C148&ssl=1)
।
कार्यक्रमको अध्यक्षता गरेका एन्जा अध्यक्ष कृष्ण तिवारीले सहभागी सम्पूर्ण अतिथिहरू, वक्ताहरू, दर्शकहरू
एन्जा टिमप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा यस्ता विचारमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एन्जाका उपाध्य़क्ष माधव प्रसाद गैरेले स्वागत मन्तब्य दिदै मिडिया समाजको ऐना भएकोले पत्रकारहरुले समाचार दिदा सत्य तथ्य एब सन्तुलित समाचारमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा एन्जाका सल्लाहकार डा. राजु मानन्धर र डिल्ली ढकालले फ्लोरबाट आएका प्रश्नहरुको नोट टिपन गरी अन्तमा ढकालले कार्यक्रमको छोटो समिक्षा गरे। एन्जा महासचिव गणेश भट्टले अष्ट्रेलियामा नेपाली पत्रकारिताको बिकास बर्तमान अवस्था चुनौती र सम्भावनाको बारेमा कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रममा समुदायका अगुवा इन्द्रा वन नारायण प्रधान पदम शाक्य श्री नापित लगायत निकुञ्जकी अध्यक्ष संगिता चापागाईँ, एनआरएनए अभियन्ताहरु दिनेश पोखरेल, दिनेशराज जोशी,सन्ध्या शाह, इरशाद अहमद, रमेश पाण्डे, केशव जोशी, दीपक पाण्डे, मुक्ति पोखरेल, कृष्ण गैरे, विनोद पौडेल दिपक लामिछाने, निम्फा अध्यक्ष लक्ष्मण गुरुङ, तमु समाज अस्ट्रेलियाका अध्यक्ष हिउपति गुरुङ, नवाजका अध्यक्ष चिरन तिवारी, थारु समाज अस्ट्रेलियाका अध्यक्ष दिप नारायण चौधरी, तामाङ सोसाईटी अस्ट्रेलियाका अध्यक्ष राज पाख्रिन पुर्व अध्यक्ष विशाल तामाङ, पूर्व एनएडिए अध्यक्ष विवेक थापा, समाजसेवी निरज श्रेष्ठ, एनआरएनए अभियान्ता उषा बारिया पोखेरेल, सनिता लामा गायिका मोडल तथा सर्जक जेनिशा गौतम, एनआरएनए अभियान्ता भावना पराजुली, क्यानबेराका संचारकर्मी प्रदिप तिमिल्सिना लगायत अन्य समाजसेवी, विद्यार्थी तथा विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अष्ट्रेलियाका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूले समुदायमा संचार माध्यमले खेल्नुपर्ने भूमिकाको बारेमा सुझाबहरु दिएका थिए ।
छलफल सत्रमा सहजिकरणको लागि फ्लोरबाट एन्जा महासचिब गणेश भट्ट, सचिव तक्दिर अधिकारी सदस्यहरु कोम खत्री, बिनायक अधिकारी र गोपाल छन्त्यालले भूमिका खेलेका थिए ।
![[Tags] IMG_7142-1024x100 “मिडिया र समुदाय” समस्या र समाधान अन्तरक्रिया सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/07/att.iKlMP6hcdM0PkJtIFBIrqBW0t6ggwVSMZJO0od-cEJE.jpeg?resize=640%2C427&ssl=1)
![[Tags] IMG_7142-1024x100 “मिडिया र समुदाय” समस्या र समाधान अन्तरक्रिया सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/07/att.zTzcvLqXQWdRSCD1N4sqUewSHhh7zEUqia0dlsUn0ZU.jpeg?resize=640%2C427&ssl=1)
![[Tags] IMG_7142-1024x100 “मिडिया र समुदाय” समस्या र समाधान अन्तरक्रिया सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/07/att.qSbxEe7OhXJ4vWUu1EB6xJFFs4isWq6klo30IFbhn5k.jpeg?resize=640%2C427&ssl=1)
![[Tags] IMG_7142-1024x100 “मिडिया र समुदाय” समस्या र समाधान अन्तरक्रिया सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C63&ssl=1)