काठमाडौं । गत माघ ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन प्रकरणमा वयान लिँदालिँदै फरार भएका डिएसपी सञ्जय राउत आफै सम्पर्कमा आएका छन् । स्रोतका अनुसार बुधबार साझ उनी आफैँ गृहसहसचिव ईश्वर पौडेल नेतृत्वको छानविन समितिको सम्र्पकमा आएका हुन ।

साढे ३३ केजी सुन हराएको र सनम शाक्य हत्या प्रकरणमा छानवीन समिति समक्ष बयान दिँदादिँदै राउत मंगलबार गृहसभिवको कोठाबाटै भागेका थिए । राउतको आज बयान लिइने र त्यसपछि थप कार्वाहीका लागि मोरङ पठाउने तयारी छ । यसअघि ३३ किलो सुन प्रकरणमा मकवानपुरका एसपी विकासराज खनाल र पूर्व डिआइजी गोविन्द निरौला, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावल पक्राउ परिसकेका छन् । प्रहरीबाहेक अन्य २० जना पनि प्रहरीको नियन्त्रणमा छन् ।

स्रोत : बाह्रखरि

Total Page Visits: - Today Page Visits:
Shares