बिनायक अधिकारी; मेरो कपुरि क :- रक्तदान जिवनदानको रुपमा हेर्ने गरिएको अत्यन्तै परोपकारि कार्य लाइ जन सम्पर्क समिति क्यानबेरा/क्विनबियनले १७ मे देखि एक महिनाको लागी गर्न लागेको हो । सबैलाइ पाएक पर्ने दिन र समयमा रक्तदानका लागी संस्थाले सहभागी भइ परोपकारि कार्यमा सहयोग गर्न अनुरोध गरेको छ । 

मे १७ बाट सुरु हुने कार्यक्रम एक महिना सम्म चल्नेछ। रक्तदान कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि पहिलो, दोस्रो र तेस्रो समूह भनेर छुट्टाइएको छ । पहिलो समूह अन्तर्गतका दाताहरुले बिहान ८: १५ बजेदेखि रक्तदान गर्नेछन्। त्यस्तै, बिहान १० : ३० बजे देखि दोस्रो समूहका दाता र दिउँसो १:१५ बजे देखि तेस्रो समूहका दाताहरुले रक्तदान गर्नेछन् । प्रत्येक समूह ५ दिनको लागि हुने बताइएको छ र प्रत्येक दिन १५ जनाले मात्रै रक्तदान गर्न सक्नेछन् ।

संस्था दर्ता भए संगै सामाजिक कार्यक्रम गर्ने इच्छा भएको र रक्तदानले धेरै मानिसको ज्यान जोगीन सक्ने हुनाले हामीले रक्तदान कार्यक्रम गर्ने निर्णय गरेका हैं संस्थाका अध्यक्ष अशोक सुबेदिले मेरो कपुरि क लाइ बताए ।

कार्यक्रममा सहभागी हुन र रक्तदान गर्न ईच्छुक दाताले ईमेल वा तल उपलब्ध गराइएका फोन नम्बरमा सम्पर्क गरेर नाम टिपाउन सकिन्छ ।

सम्पर्कको लागि :

jssactqbn@gmail.com

0450030027 अशोक सुवेदी

+61425432459 भिम न्यौपाने

+61415586659 गणेश खरेल

Total Page Visits: 1278 - Today Page Visits: 1
Shares