असाढ १५,दही चिउरा खाने दिन बिशेष एबम धान दिवसको शुभकामना सहित्

असारे गीत

श्रीभक्त पौडेल

ठाढो भाकामा
११+६=१७·२=३४
————–
मनसुन् पापी/ ढिलो गरी आयो, रोपाइ ढिलो भो
बिउको मुठा/ मनपरी फ्याक्यौ, पछ्यौरी हिलो भो।।

बाउसे र लाठे/ कान्लामा बसे, ढोड् बिज्यो खुट्टामा
दिएको बैना/ त्यो रातो रुमाल, मन बुज्यो बुट्टामा।।

दही र चिउरा/ कुम् जोडी खांदा, कसैले देखे कि?
दाँया र बाँया/ हेरे है ल माया, हिलोमा टेके सि।।

बर्ष दिन खाने/ मुठी र मानो, गैरी खेत् रोपियो
घरबारी आज/कुल्चौंकी भनि, भल् पानी छोपियो।।

स्वामी छन् बिदेश/ एकलो ज्यान, मेलामा हिंड्नु छ
नाना र बाला/ पकाइ ख्वाउनु, बेलामा हिंड्नु छ।।

मनसुन् पापी/ ढिलो गरी आयो, रोपाइ ढिलो भो
बिउको मुठा/ मनपरी फ्याक्यौ, पछ्यौरी हिलो भो।।

जुलाई ७, २०१५

Total Page Visits: - Today Page Visits:
Shares