कविता
बिनायक अधिकारी
उज्याला जिन्दगी धुमील बनाएर
सेवाकै ख़ातिर
घण्टौं उकाली चढीएनकी,
दिनै भरी ओराली झरिएनकी
कहिले खोलामा डुबें
कहिले चिफ्लोमा लडें
न घाम न पानी
कहिले गॉंउ कहिले बेशी
म हुँ डा केसी
घनिमा पनि म सबैभन्दा धनि छु
गरिवमा पनि म सबैभन्दा तलै छु
आफैंलाइ डुवाउदै खोला तरिएनकी
शहरवाट दुर्गम झरिएन
कहिले गॉंउ कहिले बेशी
म हुँ डा केसी
जीन्दगीमा यती सम्पति कमाएको छु
सबैभन्दा ठुलो मलामी बनाएको छु
मेडिकल माफीयाहरुको चंगुल भत्काउनु छ
गॉंउ देखी गरिब सम्म अस्पतालको पहुँच पुर्याउनु छ
म रहुन्जेल गरिवका छोरा छोरीले पनि डा बन्न पाउनु पर्छ
जे होस अस्पताल खुल्नै पर्छ
की गॉंउ की बेशी
म हुँ डा केसी
सरकारले बोलोस की नबोलोस
अख्तीयार कान खोलोस की नखोलोस
म एउटै मरु बरु जनता मर्नु हुन्न
जति जे गरेपनि सरकारको मन छुदै छुन्न
अस्पताल सबैको पहुँचमा पुग्नै पर्छ
शहरमा मात्रै होइन गॉंउका बिध्यार्थीले पनि
मेडिकल शिक्षा पढ्न पाउनु पर्छ
म बाचुन्जेल सबैका लागी
कि गॉंउ कि बेसी
म हुँ डा केसी ।