काठमाडौं। डा गोविन्द केसी स्वास्थ्य शिक्षाको क्षेत्रमा देखिएको बेथितिका विरुद्ध अथक लडाइँ लडेका अजातशत्रु भएको काँग्रेस नेता गगन थापाले बताएका छन्।
१५औं सत्याग्रहको २७ औं दिन आमरण अनशन तोडिएपछि खुसी प्रकट गर्दै थापाले स्वास्थ्य शिक्षाको क्षेत्रमा देखिएको बेथितिका विरुद्ध अथक लडाइँ लडेका अजातशत्रु केसीप्रति नमन गरेका छन्।
गोविन्द केसीको सत्याग्रहमा शुरुवात देखिनै समर्थन जनाउँदै आएका थापाले कतिपय सन्दर्भमा केसीको मागको सुनुवाइका लागि सरकारदेखि पार्टीभित्र लिविङ गर्दै आएका थिए। यो पटक पनि उनी खुलेरै केसीको समर्थनमा थिए।
सरकारलाई रक्षात्मक बनाइ केसीको माग सुनुवाई गराउन थापाले संसददेखि सडकसम्म भुमिका खेलेका थिए।
केसीले नेतृत्व गरेको सत्याग्रहको लडाइँमा साथ दिने सबै जनसमुदाय तथा सहृदयता देखाएकोमा सरकारलाई काँग्रेस नेता थापाले धन्यवाद दिएका छन्।
डा केसीले गएको असार १६ गतेदेखि जुम्लामा अनसन सुरु गरेका थिए। उनको स्वास्थ्य खतरामा रहेको खबर आउनासाथ सरकारले अनसनको २०औं दिन साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा वल प्रयोग गरि उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो । केसीको यो सबैभन्दा लामो अनसन भएको छ। हाम्राकुरामा खवर छ ।