फूल किन्ने केटी

दोस्रो संस्करण ।

“मे आई नो, होयर यू फ्रम?””यूउर कन्ट्री?”
पहिलो पटक सँगै बसेर कफि पिऊदै गर्दा मेरो पहिलो सवाल थियो ऊसलाई।
-“आई एम नेपाली, वट, आई वाज वोर्न ईन स्कटल्याण्ड”
म ऊसको जवाफलाई स्वभाविकनै ठानिरहेको थिए। ऊसका डायमण्ड् रिंग छिरेका सेता औंला, ति औंलामा टुसाएका टिपिक्क परेका नंग, र नंग माथि पिंक कलरको पोलिस्, खुट्टा देखि आई ब्रो सम्म रंगको गज्जबको कम्बिनेसन, रोल गरिएको कपालमा खैरो गरि रंगाएर आफूलाई सुहाऊदो गु्र्रमिंग, देब्रे चिऊँडोमा टुपुक्क टाँसे जस्तो एऊटा कोठी, यि सबैले ऊसको सिंगार अझै निखारिएको थियो।
“हाउ आर यु नेपाली ? ईंट डजन्ट सिम्स् सो”/ मेरो जिज्ञासामा ऊ हतार हतार जवाफ दिन उत्सुक थिई।
ऊसले मेरो जिज्ञासा भरपुर हुनेगरि स्पष्ट गरि।
मैले ऊसलाई गरेको सवाल त्यो भेटमा त्यहि अन्तिम थियो।
म ऊ सँग यो अवस्थामा झुम्मिएर गफिरहनु मेरो त्यो परिस्थितिले दिदैनथ्यो।
अन्तिम पटकको कफिको चुस्की लामो लिदैं, कप रित्ताए..।
ऊ त ओफ्नो कप अघिनै रित्ताईसकेकी थिई..।
हतार हतार गुटुमुटु गरि खल्तीमा रहेको १००को नोट कफि सपकी डल्ली गाजलीलाई थमाए.. “खुव है ?” भनेझैं गरि आँखा माथि ऊचालेरै मलाई जिस्काऊने भावमा बाँकी ३० रुपैंया मलाई थमाई ।
“डाहा गर्छेस्” भन्ने भावले निच्च नाक खुम्चाएर डल्लीलाई गिजाऊदै म र फूल किन्ने केटी कफि सप बाट बाहिरियौं।
मुसुक्क हाँसी, “थ्यान्क्यू फ़र नाईस् कफि” भन्दै हात हल्लाई,  मैले पनि मुसुक्क गरे..
एक थान फट्टिएका दाँत देखाऊदै भने..”थ्यान्क्यू फ़र योर टाईम”।
-“माई प्लेजर” ऊसले थपि!
त्यसपछि पनि हरेक बुधबार मैले ऊसलाई फूल बेचिरहने, ऊ फूल किनीरहने क्रम चलिरह्यो महिनौ..! महिनौ!!
पहिले पहिले ऊ हाँस्दा पनि अंग्रेजीमै हाँसे जस्तो आजभोलि नेपालीमै मुसुक्क गरेझैं..क्या वात यो मायाको! हिजो-आजका दिन केहि फेरिएको छ मलाई, कारण ऊहि फूल किन्ने केटी ,  आजकाल अलि नजिक महसुस भएर होला मैले ऊसलाई “लुरी” भनेर सम्बोधन गर्न थालेको छु, हुनत: मैले केहि महिना अघि भेटेकी महिमा अहिले थोरै मोटाएकी छे, तापनी ऊ मेरो लागि “लुरी”। मेरी माईजू म महिमा सँग नजिकिदै छु भन्ने कुराले पुरा पुर जानकार थिईन्। मैले हरेक कुरा साथीलाई जस्तै सेयर गर्थे ऊनलाई, र ऊनले मलाई।
मामाले मेरि स्कुल मेट् “माईजू” टप्काएको झण्डै ९/१०महिना भएको थियो, मेरो अन्तिम दिन थियो फल्रोरिस्ट व्वाई हुने; माईजूको आँखामा त्यो झल्को मैले पढिरहेको थिए। मेरा पाखुरा नचिमट्एका दिन थिएनन् तर अब मेरा पाखुराले माईजूलाई पक्कै मिस् गर्नेछन्।
खै एकोहोरो मलाई हेरिन्..मलाई आफूतिर ध्यान खिचिरहेकी थिईन्, अनायास्,
-“लुरे, म अ अ…अ..’” आफ्नो आँखाले आफ्नै पेट तिर ईसारा गरिन्
“के भो?” जानि/ जानि नबुझेझैं प्रश्न गरे
-“तिम्रो मामालाई बा बन्न मन लागो रे के”
“अनि कस्ले छेक्या छ र बने भैगोनि.”
“मामालाई भन्दा पनि तिमीलाई हतार भाको होलानी, “मैले मेरी माईजूलाई ब्यंग गरे,
-“खुबै, तिम्रै मामालाई हो नी”मुख एकै पटक थुपार्दै चेपारो थपिन|
“चोखी नपल्ट धेरै”, मैले बोल्न नभ्याऊदै मेरो पाखुरामा चिमोठिन्,
“अब त छोड़ य्यार चिमोट्न.. माईजू हौ क्या अव, साथी भएर जिस्कने दिन गए भुन्टी”
-“ज़िन्दगी छोड्दिन्, “ एक चान्स फेरि अघि चिमोठेको ठाँऊमा माईजूले चौका मारिन।
भर्खरै पेटमा मामाको मिठो कोसेली जम्मा गरेको ५ हप्ता पुराऊदै थिईन् माईजू, मलाई भान्जा होईन कहिले राजु त कहिले लुरे भनेर सम्बोधन गर्थिन,
मामाकै हो नी..? थोरै जिव्रो बाहिर निकालेर टोक्दै विस्तारै सासैले बोले।
एक चान्स् फेरि मेरो लुरे पाखुरोको मासु गहिरो गरि बटारिन्!
“अईय्या…”दुखाई सहनै सकिन्।
“-कुनै शंका ?”
सायद अव चाँही म हद गर्दै थिए..मैले ऊनको ब्यवास्ता गर्दै ऊनि बाट ओझेल परे।

8A240086-8ED8-40BE-9965-9AAE376C4431-241x300 फूल किन्ने केटी : दोस्रो संस्करण
~~~~~~~~~<<<<<>>>>~~~~~~~~~~~~~~
काठमाण्डूको न्यून तापक्रम शुन्य झरेर १२/१५ तिर ऊकालिदै, चिसो माण्डल माघ सकिएर फागुण तिर लम्कदै थियो मैले फूल बेच्न थालेको ५ महिना नपुग्दै पसल जान छोडेको थिए। फूल बेच्न छाडेर टुरिजम सेक्टरमा मार्केटिंग अफिसरको काम गर्ने मौक़ा पाएको थिए, मेरै अधय्यनको क्षेत्र! त्यसैले आजकल मैले  फूल किन्ने केटीलाई पसलमा होईन कंहि अन्त देख्न थालेको छु भेट्न थालेको छु।
पुरानो सिनामंगल “एयरपोर्ट पूर्व”नेपालकै हालसम्मको अग्लो “सन सिटी” अपार्टमेन्टको “बि” ब्लक् भित्रको एऊटा वन वेड रुम अपार्टमेन्ट् महिमाको नेपाल बसाईको निवास रहेछ। ११औं तलाको ऊसको अपार्टमेन्ट् भित्रका खास रहस्यहरु सँग म जानकार हुदै थिए। एऊटा मिठो अनुभव पहिलो पटक त्यहि गरे जति वेला म विराटनगर पुष्पलाल चोकको एऊटा कच्ची घरको सामान्य केटो काठमाण्डूको त्यो गगन चुम्वीअग्लो भवनको हरेक तला-तलामा पुग्ने लिफ़्ट मार्फ़त ११औं तलामा पुगे। दुर्भाग्य म धरहरा चढ्न पाएको भए पनि यो अनुभव नौलोनै मान्थे होला। किनकी धरहरामा त्यो लिफ्ट पक्कै थिएन।
त्यो दिन मलाई अझै ताज़ा लाग्छ, डिसेम्बर २२ तारिक मेरो जन्म दिन, हाम्रो दशौं पटकको औपचारिक भेट, यि बीचमा ऊ सँग मैले गरे्का फ़ोन कलहरु, टेक्स्टहरु असिमित हुदै थिए।यि क्रममा मैले ऊसलाई धेरै नेपाली बोल्न सिकाई पनि सकेको थिए।किनकी,मलाई कठिन थियो हरेक दिन ऊ सँग अंग्रेजीमा कुरा गर्न र टेक्स्ट गर्न, हरेक दिन म सँग “गुड मर्निग” भन्ने ऊसले त्यहि दिन “शुभ बिहानी” “ऊठ्नु भयो”? भनेर मेसेज गरि। म अचम्मित भए! हुनत त्यहि रात मलाई पहिलो पटक मेरो जन्मदिन ऊसले आफ्नै  अपार्टमेन्ट्मा भब्य गराऊदैछे भन्ने कुराको सरप्राइज़ मेरो जीवनको पानामा पहिलो सरप्राइज़ थियो।
ऊसलाई चिनेको करिव-करिव ६ महिना पुग्दै थियो, मैले ऊ सँग हजारौ सपनाहरु बुन्न थालिसकेको थिए, ऊसको स्कट्ल्याण्ड देखिको कथा म सँग जोडिएर चलिरहेको थियो, थाहा छैन यो कथा म सँगै अघि बढ्छ कि बढ्दैन।
पहिलो पटक अपार्टमेन्ट् छिर्दै गर्दा ऊसको लाऊन्ज पुरै सजिसजाऊ थियो..भित्तामा ठूलो तस्वीर मेरै थियो, हावाले टमक्क परेका रंगिन
बेलुनहरुले मेरो तस्बिर घेरिरहेका थिए..! मलाई सपनाझैं लागिरहेको थियो त्यो पल, म ऊसको लागि कति महत्व थिए त्यो मैले आज महसुस गरिरहेको थिए, आज हरेक कुरा मेरा जीवनमा पहिलो पटक भैरहेका अवस्था थिए, लाग्छ कुनै प्रेमिल मनहरुको मिलन हुदैछ।
ऊ कलेजी जम्पसुट पिसमा थिई, उसको वन पिस ऊसका लोभिला कसिला छातीमा कठिन गरि अडिएका थिए। मेरा आँखा टक्क अड़िए, जतिवेला ऊ मेरो स्वागतमा हातमा गुलाफका राता फूलका वुके लिएर ढोका नजिक ऊभिएकी थिई।
ऊ मुसुक्क हाँसी.. म पनि फटिएका दाँत देखाऊदै फिस्स हाँसे।
मलाई हातमा गुलाफका फूलहरु थमाई,
-“ह्याप्पी बर्थ डे लिखुरे”
मैले थ्यांक्यू नभन्दै ऊ मलाई कसेर हग गरि।
मेरो लुरे ज्यानलाई पुरै बेरि! मेरो हातको गुलाफले ऊसको खाली पिठ्यू मज्जाले मुसारे! ति गुलाफ भन्दा पनि मिठो लाग्यो ऊसको बासना। खै काँहा बाट आईरह्यो त्यो बासना?! मैले भित्र सम्म महसुस गरे। उसका कोमल हातले मुसारेको मेरो पिठ्यु .. कति खुशी हुदो हो। मैले ऊसको ढुकढुकी पनि महसुस गरे! लाग्यो त्यो ढुकढुकी भित्रै म पनि मिसिएर हराऊन पाए..!!
……जीवनका रंगिन पानाहरुमा मेरो पहिलो अनुभव….
8A240086-8ED8-40BE-9965-9AAE376C4431-241x300 फूल किन्ने केटी : दोस्रो संस्करण
To be continued..

Total Page Visits: - Today Page Visits:
Shares