अनिता भण्डारी (पौडेल )
नँया बानेश्वर , काठमाडौँ

उसको सामू आफ्नो विचार पोखेर आए
उसले बुझ्यो कि बुझेन प्यार पोखेर आए

विचार ब्यक्त गरे टाउको सम्म हल्लाएन
हिजो अस्तिको लागि आभार पोखेर आए

उ भित्र घमण्ड थियो या त थियो महानता
बोल्दै बोलेन र पनि शिष्टाचार पोखेर आए

रुखो छ भन्थे आपतमा आत्मियता देखायो
सहयोग पाए र त मिठो व्यवहार पोखेर आए

राम्रो नराम्रो अभिव्यक्त गर्न नै चाहेन उसले
जित्दा जित्दै पनि उसको अघि हार पोखेर आए

Total Page Visits: 875 - Today Page Visits: 1
Shares