बिनायक अधिकारी :- नेपालको बुटवल घर भइ हाल अष्ट्रेलियामा बसेर नेपाली गीत संगीतमा लागीपरेका युवा गायक इश्वर पोखरेलले नयॉं गीत “कति राम्री” बजारमा ल्याएका छन् । उनका “मैले झाँकी मर्ने बारे” “कालि मोरि” र कति बज्यो भनेर सोधमकी” चर्चित गीतहरु हुन ।
![[Tags] C25294E6-E7F1-49C8-88C6-A7BDB9830D1B-1024x576 गायक इश्वर पोखरेलले कसलाइ भने “कति राम्री”](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/C25294E6-E7F1-49C8-88C6-A7BDB9830D1B.png?resize=640%2C360&ssl=1)
गायक पोखरेलको पछील्लो गीत “ कती राम्री ”- एक नारायण भण्डारी को शब्द हो भने संगीत आशिष अबिरल को । सुनिल क्षेत्री को निर्देशनमा तयार गरिएको यो गीत मा रविन भुजेल र सारा स्रिपाली को अभिनय रहेको छ भने नेपाली ठिटोस समुहले साथ दिएको छ । यो गीत गायक पोखरेलले आफ्नै युटुब च्यानल बाट रिलिज गरेका छन् । “कती राम्री” गीतमा नेपाल को प्राकृतिक सौन्दर्य सँग आफ्नो प्रेमिका लाई दाँज्ने कोशीश गरिएको छ ।
Total Page Visits: 1092 - Today Page Visits: 1