मेरो कपुरी क : १ फेब्रुवरि २०१९

अष्ट्रेलियाको राजधानि क्यानबेराका नेपालीहरुले स्वस्फूर्त रुपमा डा गोबिन्द केसीको मागप्रति आज १ फेब्रुवरि २०१९ का दिन एेक्यबद्धता जनाएका छन् । आयोजकका तर्फवाट बिनायक अधिकारीले सबैलाइ स्वागत गर्दै गोबिन्द केसीको अनसन प्रति एेक्यबद्धता जनाउने सहभागी सबैलाइ धन्यवाद दिएका थिए भने चन्द्र तिवारिले कार्यक्रमका बारेमा जानकारि दिदै डा केसी अनसन बस्नुपर्ने कारण बारे बोलेका थिए ।

55451E2D-8C0E-472C-8A6C-638A5C67709B-1024x768 डा केसीका माग प्रति क्यानबेरामा स्वस्फुर्त एेक्यबद्धता ।

क्यानबेराका अग्रज तथा अभीभावक डा कृष्ण हमालले मेडिकल क्षेत्रमा पैसावालको पहुँच बढेको हुनाले सबै नराम्रा कुराहरु सुधार गर्नका लागी डा केसी अनसन बस्नुपरेको बताए । त्यस्तै राजन ढुंगेलले कसैलाइ मागहरु चित्त बुझ्नु न नबुझ्नु आआफना राजनीतिक कारण रहे पनि मानब जिवनसंग खेलवाड नगर्न अनुरोध गरे ।

सबै नेपालका मागहरु भएकैले डा केसीलाइ सबैले साथ दिएका हुन त्यसैले सबै सरकारले उनका माग पुरा गर्ने प्रतिबद्धता जनाएपनि पुरा नभएकाले यो अवस्था आएको अशोक बस्नेतले बताए । एेक्यबद्धता कार्यक्रममा बोल्दै राजु अधिकारीले सम्वन्धन लिनका लागी मात्रै मेडीकल कलेज खुल्ने, २६ चोटि सहमति गरेर पनि कार्वान्यन नभएकोले यस्तै ब्यथितिका चिर्नका लागी डा केसी अनसन बस्नुपरेको बताए ।

त्यस्तै डा सीताराम घिमिरेले नैतिक, निष्ठावान र त्यागी भएका कारण उनका मागप्रति आफूले समर्थन गरेको बताए । डा केसीका मागहरु सहमति गरेर पनि कार्वान्यन नहुनु सबै सरकार दोषि रहेको र सरकारले गलत कार्यहरुका हामीले साथ दिन नहुने बताए ।

55451E2D-8C0E-472C-8A6C-638A5C67709B-1024x768 डा केसीका माग प्रति क्यानबेरामा स्वस्फुर्त एेक्यबद्धता ।

कार्यक्रममा बोल्दै कुमार केसीले ठुलो उद्देश्य प्राप्तिका लागी डा केसीको त्याग ठुलो रहेको र सरकार सजग रहे डा केसी अनसन बस्नु नपर्ने बताए । डा केसीका मागहरुलाइ गलत बुझ्ने ब्यक्तिहरु ऑंफैं गलत रहेको केसीले बताए । कार्यक्रममा समाजका अग्रजहरु, बिभिन्न संघ संस्थापक प्रतिनिधिहरु र ब्यक्तिगत रुपमा ३० जनाको उपस्थिति रहेको थियो भने राम्रो कार्यक्रम गर्ने प्रयास गरेकोमा बिनायक अधिकारी र चन्द्र तिवारीलाइ सबैले धन्यवाद दिएका थिए । कार्यक्रम नेपाली राजदुतावास क्यानबेरासंगै भएको थियो ।

Total Page Visits: 1302 - Today Page Visits: 2
Shares