मेरो कपुरी क : २६ जनवरि २०१९
क्यानबेरा नेपलिज भलिवल क्लवले स्थापनाको झण्डै एक बर्षमा स्थायित्व हुने आशा देखिएको छ । गत बर्ष सिड्निमा आयोजना भएको ओसियाना स्पोर्ट्समा क्लवले पहिलो सहभागीता जनाएको थियो । हाल क्लवमा झण्डै २० जना बार्षिक सदस्य रहेका छन् भने १०/१२ को संख्या साप्ताहिक खेल प्रशिक्षणमा उपस्थित हुने गर्दछन् ।
यसै अवसरमा क्लवले हिजो २५ जनवरिका दिन क्लवका खेलाडी, सहयोगी संस्थाका प्रतिनिधि र प्रायोजकहरुको सहभागीतामा बारबिक्यू कार्यक्रम गरेको थियो । सोहि अवसरमा क्लवले गरेका कार्यका जानकारि र सहयोगी संस्थालाइ धन्यवाद क्लवका कोषाध्यक्ष बिनायक अधिकारीले गरेका थिए ।
![[Tags] F2A0113C-D159-4E47-ABA3-16BD40417AB1-1024x768 क्यानबेरा नेपलिज भलिवल क्लवलाइ स्थानिय सहयोग बढ्दै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/F2A0113C-D159-4E47-ABA3-16BD40417AB1.jpeg?resize=640%2C480&ssl=1)
हाल क्लवमा राम्रा खेलाडीहरुको आगमन भएको हुनाले पनि क्लवले थप आशाका किरण देखाएको छ र छिट्टै क्यानबेराको लिग खेलमा आफनो नाम दर्ता गराउने छ क्लवका सल्लाहकार कुमार केसीले भने । त्यस्तै क्लवका अध्यक्ष युवराज खनियाले सबै सहयोगी संघ संस्था र ब्यक्तिहरुलाइ धन्यवाद दिदै भोलिका दिनमा पनि सहयोग निरन्तर गरिदिन सबैसंग आग्रह गरेका थिए ।
क्लवले हिजो भएको हाम्रो भलिवल क्लवको बारबिक्यू तथा भेटघाट कार्यक्रममा उपस्थित भएर उत्साह थपिदिनुहुने सबैमा हार्दिक आभार ब्यक्त गरेको छ । साथै कार्यक्रममा आर्थिक सहयोग गरिदिने काठमाडौं टुर्स एण्ड ट्राभल (चन्द्र तिवारी) र अजि फाइनान्स (राजकुमार केसी र गोपाल वली) प्रति आभार प्रकट गरेको छ ।
![[Tags] F2A0113C-D159-4E47-ABA3-16BD40417AB1-1024x768 क्यानबेरा नेपलिज भलिवल क्लवलाइ स्थानिय सहयोग बढ्दै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/29809B62-C708-4B74-9021-5D1DEC53B695.jpeg?resize=640%2C480&ssl=1)
क्लवलाइ २०१९ का लागी स्पोन्सरको रुपमा सहयोग गरि थप हौसला दिनुहुने एसबिए मोर्गेट एण्ड फाइनान्स, हिमालयन बिजनेस ग्रुप, जेबि एजुकेशन एण्ड माइग्रेसन, एमरेष्ट बिजनेस कन्सल्ट्यान्ट्स ग्रुपलाइ पनि धन्यवाद प्रकट गरेको छ । त्यस्तै क्लवलाइ ३ वटा भलिवल र फष्ट एड बक्स प्रदान गर्ने दि यात्री इभेन्ट्स र ब्यक्तिगत रुपमा सदस्यता बनेर क्लवलाइ सहयोग गर्नुहुने सबै प्रति क्लवले आभार प्रकट गरेको छ ।
बारबिक्यू कार्यक्रममा एनआरएनए का संयोजक राजन ढुंगेल एएनएफएस का प्रतिनिधि कृष्ण सुवेदि, क्यानबेरा नेपलिज क्रिकेट क्लवका ब्यवस्थापक राजु अधिकारी सहित एसबिए मोर्गेजका बिवेक लोहनि सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । हाल क्लवमा अध्यक्षको रुपमा यूवराज खनिया, सचिवमा सुरज पौडेल, कोषाध्यक्षमा बिनायक अधिकारी र सदस्यहरुमा राजकुमार केसी र गोपाल वली परेका छन् भने सल्लाहकारमा कुमार केसी रहेका छन् ।
![[Tags] F2A0113C-D159-4E47-ABA3-16BD40417AB1-1024x768 क्यानबेरा नेपलिज भलिवल क्लवलाइ स्थानिय सहयोग बढ्दै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/F0131BDB-FFB9-4349-B26B-0E84CD58F4A9.jpeg?resize=640%2C480&ssl=1)