नेपालले सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ४ विकेटको विजय हासिल गरेको छ । जितसँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ । जितमा सतकिय पारि खेलेगा कप्तान पारस खड्का नायक बने।
पहिलो खेलमा ब्याटिङ चलने नसक्दा ३ विकेटले गुमाए पनि नेपालले बाँकी दुई खेलमा उत्कृष्ट पूनरागमन गरेको थियो । दोस्रो खेल १ सय ४५ रनले जितेको नेपालले अन्तिम तथा निर्णायक खेलमा ४ विकेटको विजय हासिल गरेको हो ।
नेपालका कप्तान पारस खड्काले दुबईस्थित आइसीसी एकेडेमी ओभलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । घरेलु टोली यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । नेपालका कप्तान पारसले १ सय १५ रन बनाएपछि नेपालले २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि नेदरल्यान्ड्सविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले १/१ को बराबरी खेलेको थियो ।
![[Tags] 66759515-91C2-4135-B9EF-9CAA0344F162 एकदिवसीय क्रिकेटमा नेपालको एेतिहासिक जित ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/66759515-91C2-4135-B9EF-9CAA0344F162.jpeg?resize=640%2C447&ssl=1)
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका पारसले १ सय ९ बलमा १५ चौका र १ छक्का हान्दै १ सय १५ रन बनाए । पारसले ३४.३ ओभरमा इमरान हैदरको बलमा चौका हान्दै शतक पूरा गरेका हुन् । उनले शतक पूरा गर्ने क्रममा ९६ बलमा १३ चौका र १ छक्का हाने । पारसले यसअघि नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक पूरा गरेका थिए । पारसले लिस्ट ‘ए’ क्रिकेटमा पनि २ शतक पूरा गरिसकेका छन् ।
पारसले स्तरिय पारि खेलिरहँदा बनॉंउदा ओपनर विनोद भन्डारी ९ रन बनाएर पवेलियन फर्किएपछि क्रिजमा आएका पारसले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए । दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि १७ रनको साझेदारी गरेका पारसले राष्ट्रिय टोलीमा डेब्यू गरेका सन्दीप जोरासँग चौथो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । त्यसपछि पारसले रोहितकुमार पौडेलसँग पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे ।
![[Tags] 66759515-91C2-4135-B9EF-9CAA0344F162 एकदिवसीय क्रिकेटमा नेपालको एेतिहासिक जित ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/C4A65EFC-5D09-4504-A9BF-5825D0684B83.jpeg?resize=640%2C427&ssl=1)
खेलमा ब्यक्तिगत रमता रुपमा उप कप्तान ज्ञानेन्द्र मल्लले ३१ रन, बिनोद भण्डारिले ९ रन, दिपेन्द्र सिंह एेरि ६ रन सन्दिप जोरा २१, रोहित पौडेलले २१ र लोकपाल कामीले २६ रन बनाए । त्यस्तै बलिगंमा पारस खड्का र करण केसी समान २/२ विकेट लिए भने सोमपाल कामी र सन्दिप लामीछानेले १/१ विकेट लिए ।
कादीर अहमदको बलमा एलबिडब्लू आउट हुनुअघि पारसले आरिफ शेखसँग छैटौं विकटका लागि ३२ रनको साझेदारी गरेका थिए । १९–१ को अवस्थामा क्रिजमा गएका पारस पवेलियन फर्किदा नेपाल २१५–६ को अवस्थामा थियो । कप्तान पारस खड्का सिरिज अफ दि प्ल्येर घोषित भए ।