बिनायक अधिकारी
![[Tags] 95AD0104-0429-4EA1-BA94-47BC4067524F-150x150 नेपाली दुताबास अष्ट्रेलियाले गति लियो : तथ्यॉंक संकलन सुरु](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/95AD0104-0429-4EA1-BA94-47BC4067524F.jpeg?resize=150%2C150&ssl=1)
संधै जसो केहि न केहि कमजोरि छने भनेर हल्ला चलिरहने नेपाली दुताबास क्यानबेरामा अहिले भने सेवा सुबिधाका सकारात्मक कुराहरु बाहिर आएका छन् । फोन नउठ्ने, झन्झटिलो सेवा र कर्मचारिबाट पनि सहयोग नभएका गुनासाहरु सबै हट्दै गएकै छन् । हिजो आज कसैलाइ केहि समस्या पर्यो भने दुताबासका कर्मचारिले गाडीमा सम्वन्धित ठॉंउमा लाने ल्याउने ब्यवस्था गरेको छ जसले गर्दा क्यानबेरा भन्दा बाहिरबाट आउने सेवाग्राहिलाइ सजिलो भएको छ ।
अष्ट्रेलिया लगाएत प्यासिफिक क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको एकीन तथ्यॉंक नभएका कारणले सेवा प्रवाह र समय समयमा पर्ने आकस्मिक अवस्थामा सहयोग गर्न समस्या परेको तथ्यलाइ मध्यनजर गर्दै नेपाली दुतावास क्यानबेराले प्यासेफिक क्षेत्रमा पर्ने देशहरुमा बस्ने नेपालीहरुको तथ्यॉंक संकलन कार्य सुरु गरेको छ । हाललाइ स्वयं ब्यक्तिले आफनो संक्षिप्त बिवरण यस लिंकमा गएर https://au.nepalembassy.gov.np/user-registration/ भर्न सकिने छ । सबैजनाले यसमा सहभागी भएर नेपाली दुताबासको आग्रह स्वीकार गर्नुहुनेछ भन्ने आशा लिएका छौं मेरो कुपुरी क संगको कुराकानिमा कार्यवाहक राजदूत दुरपदा सापकोटाले बताउनु भयो ।
हामीले यो डाटा कसरि सुरक्षित हुन्छ वा कसरि गोप्य रहन्छ भन्ने प्रश्नमा कार्यवाहक राजदूत सापकोटाले यसरि संकलन गरिएको डाटा नेपाल सरकारसंग सुरक्षित र गोप्य रहने छ । सबैको तथ्यॉंक प्राप्त हुन सकेमा आवस्यक परेको खण्डमा कन्सुलर सेवा उपलब्ध गराउन र नेपालीहरु कुन कुन क्षेत्रमा काम गरेका छन् भन्ने थाहा पाउन साथै उनिहरुको ज्ञान र सीप नेपालमा लगेर प्रयोग गर्ने अपेक्षा सहित यो कार्यको थालनि गरेको कुरा बताउनु भयो ।
यो तथ्यॉंक प्राप्त हुदै गएमा छ छ महिनामा अष्ट्रेलियाका स्टेट र टेरटरि तथा अन्य देशको हकमा जम्मा संकलित तथ्यॉंक प्रकाशन गरिने कुरा पनि सापकोटाले जानकारि दिनुभयो । यस कार्यले पछि भर्खरै नेपालको संसदवाट पास भएको एनआरएनए लाइ नागरिकता दिने र ओभरसीज भोटिगं सिष्टममा नेपालीहरुलाइ भोटिगं गर्न पनि मद्धत गर्ने पनि हामीले बिश्वास लिएका छौं सापकोटाले थप्नुभयो ।
प्रकाशन मिति : ४ फेब्रुवरि २०१९