बिनायक अधिकारी : ६ फेब्रुवरि २०१९
क्यानबेरामा बार्षिक रुपमा हुने मल्टिकल्चरल फेष्टिबल यस बर्ष पनि यहि १५, १६ र १७ फेब्रुवरि २०१९ का दिन हुने भएको छ । उक्त दिन हुने परेड र्र्यालिमा बिभिन्न देशका मानिसहरु आफना राष्ट्रका संस्कृति झल्कने पोशाकमा सहभागी हुनेछन् ।
हामी नेपालीहरुपनि सबैजना आआफनो सॉंस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक दौरा सुरुवाल र सारि चोलो/ब्लाउजमा उपस्थित भइ आफनो र देशको प्रतिनिधित्व गरिदिनुहुन सबै संघ संस्था र ब्यक्तिहरुमा का. बा. नेपाली राजदुत दुरपदा सापकोटाले अनुरोध गर्नुभएको छ । सबैजनालाइ आफनो देशको प्रतिनिधित्व गरेर नेपाली दुतावास द्वारा राखिएको स्टल नं F15 मा पनि भ्रमण गर्न सापकोटाले आग्रह गर्नुभएको छ ।
![[Tags] CDA0F1D8-2C33-4950-A017-8E95CD34F804-1024x768 नेपाली दुताबास क्यानबेराद्वारा मल्टिकल्चरल परेडमा सहभागी हुन आग्रह ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/CDA0F1D8-2C33-4950-A017-8E95CD34F804.jpeg?resize=640%2C480&ssl=1)
परेडमा सहभागी हुने दिन १६ फेब्रुवरि २०१९, समय बेलुका ३:३० बजे र सहभागी हुने स्थान Bunda and Akuna street को कर्नर ( Glebe Park संगै) मा सबैजना सहभागी हुन का बा राजदुत सापकोटाले अनुरोध गर्नुभएको छ । परेड Glebe park बाट सुरु भएर लन्डन सर्किट हुदै स्टेज १ मा आएर टुंगीनेछ ।
![[Tags] CDA0F1D8-2C33-4950-A017-8E95CD34F804-1024x768 नेपाली दुताबास क्यानबेराद्वारा मल्टिकल्चरल परेडमा सहभागी हुन आग्रह ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/C1AB527F-71A3-4A42-9566-3DC38AE0FB52.jpeg?resize=640%2C480&ssl=1)
सोहि दिन नेपाली सॉंस्कृतिक सो १ बजे देखि १:२५ सम्म स्टेज नं २ मा हुनेछ । सोहि स्टेजमा आएर आफनो देशको प्रतिनिधित्व गरेर आफनो कलाकारिता प्रस्तुत गर्नुहुने सबैलाइ हौसला दिन सहभागी बन्न हामी सबैलाइ अनुरोध गर्दछौं ।
उक्त परेडलाइ एनआरएनए क्यानबेरा, एएनएफएस, सिएनएफसी, सिएनभिसि, सिनसिसिले सहयोग गर्नेछन् ।