बिनायक अधिकारी : ७ फेब्रुवरि २०१९


आजभोली क्यानबेरामा ट्याक्स अफिसबाट फोन गरेको भनेर ब्यक्तिगत सूचना चोरि गरि पैसा लुट्ने ब्यक्तिहरु सक्रिय रहेको पाइएको छ । सिधा नम्वरवाट फोन गर्ने र म ट्याक्स अफिसवाट फोन गरेको तैंले फलानो बर्षको ट्याक्स तिरेको छैनस वा गाडीको कर तिरेको छैनस त्यसैले तलॉंइ समात्न पुलिस आधा घण्टामा तेरो घरमा ऑंउछ भनेर डर त्रास देखाउने र आफनो एकाउन्ट नं दिएर तुरुन्त पैसा हाल्न लगाउने गरेको तथ्य फेला परेको छ ।

क्यानबेराका बिशेष बराल आफू यस्तै गलत फोनको सिकार भएको बताए उनले यस्तो गलत कार्य भइरहेको पहिल्यै जानकारि पाएकाले उल्टै फोन गर्ने संग आफूले आफना कुरा सोधेको तर उसले भन्न नसकेपछि गाली गरेको बताए । बरालले यस्तो जो कसैलाइ परेमा आफना ब्यक्तिगत बिवरण कसैले पनि नदिन पनि अनुरोध गरे । यदि आपनो जन्म मिति र अन्य बिवरण दियो भने तिनिहरुले हाम्रो एकाउन्ट वाट पैसा चोरि गर्न सक्नेछन् । 

त्यस्तै ध्रुव आचार्य र साजन श्रेष्ठ पनि यस्तै गलत फोनको सिकार भएको जनाए । उनिहरुले पनि त्यस्ता फोन गर्नेहरुले ट्याक्स अफिसवाट फोन गरेको भनेर हाम्रा ब्यक्तिगत बिवरण मागेका थिए तर हामीले दिएनौं । 

यस बिषयमा किन यस्ता फ्रड कलहरु आउछन् र यसलाइ ट्याक्स अफिस र पुलिसले किन समाउन सक्दैन भनेर हामीले क्यानबेरामा रहेर ट्याक्स सम्वन्धि काम गर्ने एस एण्ड एस एकाउन्टिगंका चुडामणी सापकोटा संग बुझेका थियौं ।  उहॉंले यस्ता फोनहरुको सिकार दैनिक रुपमा धेरैजना भइरहेको बतॉंउदै यस्ता फोनहरु छिट्टो चिन्न सकेमा गलत ब्यक्तिहरुको सिकार नहुने र कहिल्यै पनि ट्याक्स कार्यालयले फोन गरेर नधम्क्याउने र उनिहरुले पहिला आइडी कन्फर्म गरेर मात्र पैसा तिर्न पर्ने  कुराहरु सोध्ने बताउनुभयो । सापकोटाले हिजोआज ति फ्रड कल गर्ने ब्यक्तिहरुपनि धेरै चलाख भएर कार्यालयको नाम ठेगाना सहित भनेर फोन गरेका ब्यक्तिलाइ साच्चै हो जस्तै बनाउने गर्दछन् त्यसैले यस्ता फोन आएमा सकेसम्म आफना गोप्य सूचानाहरु नभन्ने यदि भनिहालेको खण्डमा तुरुन्त आफना ट्याक्स एजेन्टलाइ सम्पर्क गर्न सकेमा पैसा फिर्ता गर्न सकिने कुरा जानकारि दिनुभयो । यस्ता फोनहरु ऑंउदा भर्खरै अष्ट्रोलिया आएका भाइ बहिनिहरु अझ डराएर आफनो सबै बिवरण दिने हुनाले पैसा जाने डर हुन्छ त्यसैले यस्ता फोन आएमा नआत्तिइकन आफना ट्यास्क एजेन्ट, ट्याक्स अफिस वा कन्सल्ट्यान्ट्सलाइ सम्पर्क गर्न सापकोटाले अनुरोध गर्नुभएको छ र सबैजनालाइ यस्ता फोनबाट सजग रहन आग्रह गर्नुभएको छ ।

Total Page Visits: 1443 - Today Page Visits: 1
Shares